माछापुछ्रेद्वारा मरव क्याम्पस इलामलाई पानी शुद्धिकरण गर्ने मेसिन हस्तान्तरण

इलाम ४ बैशाख : माछापुछ्रे बैंक इलामले सदरमुकाममा रहेको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा शुद्ध पिउने पानी प्रशोधन गर्ने मेसिन जडान गरेको छ । बैंकको सामाजिक उत्तरदायीत्व बहन कार्यक्रम अन्तर्गत दुई वटा पानी शुद्धिकरण मेसिन जडान गरेको हो । 
प्राध्यापक र कर्मचारीलाई प्रयोग गर्नेगरी एउटा साथै विद्यार्थीहरुका लागि एउटा गरि छुट्टा छुट्टै रुपमा दुइ वटा मेसिन जडान गरिएको छ । पानी जम्मा गर्नेगरि दुइवटा दुई हजार लिटर पानी जम्मा गर्ने टेंकी समेत राखिएको बैंकका शाखा प्रमुख गोविन्द श्रेष्ठले जानकारी दिए । उनका अनुसार खानेपानी मेसिन राख्ने भवन र मेसिन गरि जम्मा ८ लाख ८७ हजार खर्च भएको छ । 
बुधबार एक कार्यक्रम विच इलाम नगरपालिकाका प्रमुख महेश वस्नेतले सो खानेपानी मेसिनको उद्ध्घाटन गरे । मेसिन उद्घाटन पछि मेयर बस्नेतले खानेपानी समस्या समाधानमा बैंकको सो कार्यप्रति प्रसंसा गरे । उनले अव नियमित पानी पठाउन नगरपालिकाले अझ पहल गर्ने वताए । पानीकै कारण विभिन्न रोग निम्तिने भएकाले स्वास्थ्यको ख्याल गर्दै बैंकले पानी शुद्धिकरण गर्ने मेसिन जडान गरेको भन्दै क्याम्पस प्रमुख रामप्रसाद गुरगाइँले धन्यवाद ब्यक्त गरे । उनले यसलाई संरक्षण गर्न आफुहरु लाग्ने समेत प्रतिवद्धता ब्यक्त गरे । 
बुधबारबाटै संरक्षण र सफाई गर्ने जिम्मा क्याम्पसकै भएको भन्दै यसलाई जोगाउन क्याम्पस आफैँ लाग्नु पर्ने शाखा इलामका बजार प्रमुख भवानी ढकालले वताए ।  
माछापुछ्रे्र बैंकका देशभरीमा ९७ वटा शाखा रहेका छन् । एक सय १० वटा एटिएम रहेको वताइएको छ । इलाम नगरपालिका एकमा बैंकको शाखा रहित बैंकिङ सेवा पनि सञ्चालित छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता