मेचीनगर गोल्डकपः धरान फुटबल क्लब क्वाटरफाइलनमा

झापा, १३ वैशाखः धरान फुटबल क्लब संर्घषपूर्ण जित निकाल्दै झापाको काँकरभिट्टामा जारी चौथो मेचीनगर गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । च्यासल युथ क्लब काठमाडौंलाई १–० गोलअन्तरले पराजित गर्दै धरानले अघिल्लो चरणको यात्रा कायमै राखेको हो ।
काँकरभिट्टा माविको खेलमैदान सम्पन्न प्रतिष्पर्धात्मक खेलमा धरानका मिलन राईले गरेको एक मात्र गोल निर्णायक बन्यो । मिलन राईले खेलको दोस्रो हाफको ३५ औँ मिनेट वान भर्सेस वानको स्थितिमा गोल गर्दै टिमलाई जित दिलाए ।
खेलको म्यान अफ दि म्याच निर्णायक गोलकर्ता मिलन राई घोषित भए । उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे । शनिवारको खेल आयोजक मेची नेत्रालय फुटबल ट्रनिङ सेन्टर काँकरभिट्टा र संकटा क्लब काठमाडौँबीच हुने आयोजक समितिका अध्यक्ष मिनबहादुर बस्नेतले जानकारी दिनु भयो । प्रतियोगिताको बिजेताले १० लाख १ हजार र उपबिजेताले ५ लाख १ हजार रुपैंयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता