मुख्यमन्त्री प्रदेश लिगका लागि समिति गठन

इलाम, २२ चैतः  प्रदेश नम्बर १ मा मुख्यमन्त्री प्रदेश लिग फुटबल प्रतियोगितामा सञ्चालनको लागि अखिल नेपाल फुटबल संघ (एन्फा) शुक्रबार एक समिति गठन गरेको छ ।
एन्फाले एन्फाका प्रवक्ता समेत रहेका किरण राईको संयोजकत्वमा सञ्चालक समिति गठन गरेको हो । समितिको सचिवमा बसन्त अर्याल रहेका छन् ।  समितिको सदस्यमा निरोज खडगी, दिपक राई, दिलिप राई, सन्तोष बानिया, भगिरथ आले, दिपेन्द्र धिमाल, केशब कार्की,रन्जन कार्की, गोभिन्द राई, भरत घिमिरे, प्रविन सुवाल, महेश श्रेष्ठ, बाल कुमार सवा, सुजन नेम्बाङ र ध्रुब बिक्रम राई रहेका छन् ।
एन्फाले गठन गरेको समितिले प्रतियोगिताको ढाँचा, आयोजना स्थल, प्रतियोगिताको मिति लगायतका कार्यहरु गर्ने छन् । प्रतियोगिता बैशाख र जेठको विचमा सञ्चाल हुने एन्फाका केन्द्रिय सदस्य तथा नवगठीत समितिका सदस्य निरोज खड्गीले वताए ।  खड्गीले भने एन्फाको सबै प्रदेशमा लिग सञ्चालन गर्ने कार्यक्रम अनुसार हामीलाई प्रदेश १ को लिग गर्ने जिम्मा दिएका छौँ  एन्फाले १ नं. प्रदेश सरकारसँग छलफल गरिरहेको छ। स्थानीय सरकारसँगको सहमति पछि लिग आयोजना हुनेछ । 
लिगमा प्रदेश १ को १४ जिल्लाले प्रतिस्पर्धा गर्ने जानकारी गराए । लिगको ढाँचाबरे  समेत छलफल भईरहेको बताए । उनले लिग प्रदेश १ को ३ देखि ४ स्थानमा सञ्चालन गर्ने बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता