इलामको चियाको फस्ट फ्लस (पहिलो) टिपाई तथा प्रशोधन शुरु

  • बिनय तिम्सीना 

इलाम, १८ चैतः इलाममा चियाको पहिलो टिपाई (फस्ट फ्लस) शुरु भएको छ । चिया टिपाई शुरु भएपछि जिल्लाका चिया कारखानाले प्रशोधनसमेत थालेका छन् । 
पहिलो उत्पादन गुणस्तरीय हुने भएकाले बजारमा पहुँच जमाउनका लागिसमेत छिट्टै टिपाई थालिएको हो । यसबर्ष मौसमले पनि चिया किसानलाई साथ दिएको छ । यो बर्ष चैतको पहिलो साताबाटै मुना चिया टिपाई शुरु भएको हो ।
उत्पादनको पहिलो सिजनको चिया गुणस्तरको हिसाबले राम्रो मानिन्छ । उत्पादन कम भएपनि फस्ट फ्लस चियाको मूल्य उच्च हुन्छ । पहिलो टिपाई जति छिटो बजारमा पु¥याउन सक्यो उति त्यसपछिको बजारमा सहयोग मिल्ने भएकाले कारखानाले थोरै हरियोपत्ति भए पनि प्रशोधन गर्ने गरेका छन् ।
‘पहिलो बजार जसले गुणस्तरीय चिया पहिला पु¥याउँछ  उसको चिया बजारमा राम्रो हुन्छ’ 
यो पटक समायमा पानी परेकोले चियाले राम्रो मुना दिएको र छिट्टै चिया टिप्न शुरु भएको इलाम नगरपाकिला १ साँखेजुङकी चिया किसान दुर्गा भुजेल बताउनुहुन्छ् ।
यसरी नै चियाको पहिलो टिपाई शुरु भए सँगै चिया कारखानाले पनि हरियो पत्तिको मुल्य निर्धारण गरेर चिया प्रशोधन शुरु गरेका छन् । इलामका चिया कारखानले कृषकलाई हरियो चिया पत्तिको मुल्य प्रतिकेजी ८० देखि १०० सम्म र आग्यानिक हरियो पत्तिको मुल्य १५० सम्म दिदै अएको साँखेजुङ ग्रिनहिल अर्थोडक्स  चियाबाखनाका टंक दाहाल बताउनुहुन्छ । नेपाली चियाको बजारमा सरकारले चासो नगरेकोले चिया बिक्रीमा समस्य भएको पनि दाहालको गुनसो गर्नुहुन्छ ।
यो बर्ष पनि समयमा नै पानी परे पछि इलामका चियाकिसान  आशावादी छन् । अघिललो बर्ष शुरुदेखि सबै कारखानाले कम मूल्य दिएको कृषकको गुनासो थियो । 
अर्थोडक्स चिया उत्पादनका लागि अगाडी रहेको यो जिल्लाका कृषकले बार्षिर्क ४० लाख किलो तयारी चिया उत्पादन गर्ने गरेको चिया तथा कफि विकास वोर्डको तथ्याङक छ । इलाम जिल्लामा २५ वटा ठूला र ५२ वटा साना चिया कारखाना सञ्चालित छन् । यहाँका करिब १२ हजार कृषकले कारखानालाई चियापत्ति विक्री गर्दै आईरहेको छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता