महिला नेतृत्व विकास र उदघोषण तालीम सम्पन्न

इलाम, १७ चैतः इलाममा संचालन भएको तीन दिने महिला नेतृत्व विकास तालीम आइतबार सम्पन्न भएको छ । तीन सम्म संचालन भएको तालीममा नेपालको संविधान र कानुनमा समेटिएको महिला अधिकार, नेतृत्व विकास र उदघोषण सम्बन्धी विषय समेटिएको थियो । तालीममा   दलित महिला तथा इलाम नगरपालिकाको विभिन्न वडाका दलित महिला जनप्रतिनिधीहरु  सहभागीता रहेको थियो । 
नेपालको संविधान , कानुनमा समेटिएको महिला अधिकार र सम्बन्धी अधिकार अधिवक्ता विद्या सापकोटाले सहजीकारण गर्नु भएको थियो भने नेतृत्व विकास सम्बन्धी महिला अधिकारकर्मी दिपा आर्चायले सहजीकरण गर्नु भएको थियो । उद्घोषण र भाषण कला सम्बन्धी संचारकर्मी सविता पाण्डेले सहजीकरण गर्नु भएको थियो ।
 इलाम नगरपालिकाको सहयोगमा  दलित महिला संघ इलामको आयोजनमा भएको हो । तालिमको समापन कार्यक्रम इलाम नगरपालिका वडा नम्बर ७ का अध्यक्ष नरेश श्रेष्ठको प्रमुख आतिथ्य र दलित महिला संघको अध्यक्ष बसन्ती घतानीको अध्यक्षतामा भएको थियो । तालीममा २७ जनाको सहभागीता रहेको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता