प्रदेश १ को संसद्‍मा राम रानाले उठाए ‘रेडलाइट’ एरियाको कुराः महिला सांसदको आपत्ति

विराटनगर १७ चैतः  प्रदेश १ को संसद्‍मा पहिलो पटक यौन व्यवसायलाई वैद्यता दिने विषयमा आवाज उठेको छ। 
संसद्‍को चालु अधिवेशनमा पेश भएको पर्यटन विद्येयकमाथिको छलफलमा बोल्ने केही सांसद्‍ले यौन व्यवसायको वैधानिकताबारे सोच्ने बेला आएको बताएका हुन्। 
इलामको प्रतिनिधित्व गर्ने सांसद्‍ रामबहादुर मगरले बुधबारको संसद्‍ बैठकमा विश्व पर्यटनको उदाहरण दिँदै यौनबारे उदार बन्नुुपर्ने धरणा राखेका थिए। 
उनले थाइल्याण्डको उदाहरण दिँदै यौन पेशालाई वैद्यता दिँदा त्यहाँ विश्वका लागि यौन पर्यटनको हव भएको र त्यसले अथाहा पैसा भित्र्याउन सफल भएको बताएका थिए। 
नेपालमा पनि लुकिछिपी यौन व्यवसाय संचालन भएको बारे प्रहरीले छापा हान्दा भेटिएको तर्क उनको छ।  ‘हामीले बनाउने विद्येयकमा पनि यस बारे सोच्दा के होला रु’, सांसद मगरले प्रश्न गरे।
बैठकमा महिला सांसदले उक्त विषयको कडा प्रतिवाद गरेका छन्। महिला सांसद इन्दिरा राईले महिलाको हक, अधिकारको कुरा गर्नुपर्ने बेलामा गरिमामय सांसद्‍मा महिलालाई अवमुल्यन गर्ने काम भएको टिप्पणी गरिन्। 
उनले महिला अस्तित्वलाई खिल्ली उडाउने काम भएको भन्दै आपत्ति जनाएकी हुन्। नेपाली समाजमा महिलालाई देवातासँग तुलना गर्ने हुँदा यौन व्यवसायमा लगाउने बारे कानुनी वैद्यता दिनेकुरा सोच्न पनि नसकिने बताइन्। 
बिहीबारको संसद्‍ बैठकपछि पत्रकारसँग कुरा गर्दै सांसद मगरले कम्तिमा छलफलका लागि आफूले उक्त विषय उठाएको प्रतिक्रिया दिए। 
‘कसैले न कसैले त उठाउँथ्यो नै, मैले विधेयकको छलफलमा आफ्ना कुरा राखेको मात्र हुँ’, उनले भने। शुुक्रबारको सांसद्‍ बैठकमा जयरामा यादव, झलकसिंह दर्लामी, बलबहादुर सम्सोहाङ, शान्ता पौडेल, शिवनारायण गनगाई र शेखर चन्द्र थापाले पर्यटन विद्येयकमाथि बोलेका थिए। 
विद्येयमाथि सांसदको धारणा राख्ने क्रम जारी छ। अन्नपूर्ण पोष्टबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता