
काठमाडौँ, २८ बैशाखः भ्रमणका क्रममा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले भियतनामका कम्युनिष्ट नेताबाट आफु प्रभावित भएको बताउनु भएको छ । भीयतनाम कम्युनिस्ट पार्टीका अध्यक्ष र महासचिव रहेका होची मिन्हले आफ्नो देशलाई स्वतन्त्र बनाउन लागि परेको कुराले समाजवादको वास्तविक अर्थ दिएको बताउदैँ नेपालमा पनि मदन भण्डारीले राजनीतिक परिवर्तनको नयाँ दिशा दिएको बताउनु भएको हो ।
प्रधानमन्त्री ओलीले सन् १९८० को दशकमा अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनले समस्या भोगेको र नेपालमा मदन भण्डारीले राजनीतिक अधिकारका लागि प्रजातान्त्रिक आन्दोलन र स्वतन्त्रताका लागि नयाँ दिशा दिएको बताउनु भएको हो । उहाँले भण्डारीले जनताको बहुदलीय जनवादको सिद्धान्त मार्क्सवादी दर्शनभित्रै प्रस्तुत गरेको जानकारी समेत दिनुभएको थियो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, हो ची मिन्हले भियतनामको स्वतन्त्रतामा योगदान दिएको, सिद्धान्तमा कहिल्यै सम्झौता गर्नुभएन, स्वतन्त्रता र न्यायको मार्गबाट कहिल्यै पछाडि नहटेको तथा उनले समाजवाद र परिवर्तनको वास्तविक अर्थ दिएको जनाउनु भएको छ । न्युज २४ बाट साभार गरिएको