शिवको दोब्बर रामलाई


  •  गोबिन्द पौडेल 

सूर्याेदयः २८ बैशाख: सूर्योदय नगरपालिका वडा नं ६ तारगाउमा निमार्ण गरिएको दुइवटा मन्दिरलाइ नगरपालिकाले गरेको आर्थिक सहयोगमा बिभेद देखीएको छ ।
 तारगाउको स्कुलडाडामा बनेको शैलेश्वर  शिव मन्दिरलाइ नगरपालिकाले आर्थिक बर्ष २०७४( ७५ मा ५० हजार अनुदान दिइको छ भने त्यसको करिव पाचसय मिटर  निरौलागाउमा बनेको रामजानकी मन्दिरलाइ चालु बषैमा १ लाख सहयोग गरेको बिबरण आएपछि यो बिभेद देखिएको हो ।
सुर्योदय नगरपालिका वडा नं ६ तारगाउको सिरानमा रहेको  सिहदेविस्थान परिसर,थलथले सिमसार क्षेत्रमा मन्दिर निर्माण गर्ने उदेश्यले २०६९ बैशाख ३ गतेबाट ९ गतेसम्म श्रीमद्भागवत सप्ताह महापुराण बाट बचत रहेका रकम  ४ लाख ४० हजार १ सय ४३ रुपैया वाट मन्दिर निमार्णको कार्य थालानी गरिएकामा स्थानियबासी र भक्तहरुबाट प्राप्त थप सहयोग , तुलादान , जग्गा बाफतको सट्टा रकम  र सापटी समेत १० लाख १९ हजार ५ सय ५४ रुपैया खर्च हुदा मन्दिरको पहिलो तला मात्र निर्माण  हुन सकेको।  मन्दिर निमार्ण समितिको सक्रियतामा थप ५ लाख  ५१ हजार ३ सय ७५ रुपैया ब्यवस्थापन गरि  कुल १५ लाख ७० हजार ९ सय २९ रुपैयाको लागतमा प्यागोडा शैलिको मन्दिर निमार्ण गरि गजुर र शिव पाञ्चायन देवताको मुर्ति  ब्यवस्थापन गरि गत फागुन २० गते प्राण प्रतिष्ठा गरि उद्घाटन गरिएको थियो ।शिब मदिरमंन्दिर निमार्णको लागि स्थानिय समाजसेवी टेक बहादुर गुरुङ्ग र तेज बहादुर कार्कीले जग्गा दान गर्नु भएको थियो ।
यसंगरि निरौला टोलमा मन्दिर निर्माणको लागि २०७४ कार्तिक २० गतेबाट २८ गतेसम्म नवाह वाल्मिकी रामायण पाठ गरिएको थियो जसमा  कूल ८ लाख  ३० हजार २ सय २ रुपैया संकलन भएकोमा  ५ लाख २६ हजार ६ सय एकतहर रुपैया खर्च भएको र बाकी रकममा  सुयोदय नगरपालिकाको सहयोग १ लाख सहित कूल ७ लाख ५० हजारको लागतमा राम जानकीको मन्दिर निमार्ण गरिएको हो । मन्दिर निमार्णको लागि स्थानिय  उमाकान्त निरौलाले १ रोपनी र  भिमावती निरौलाले आधा रोपनी जग्गा दान गर्नु भएको  थियो । मन्दिर निमार्णपछि गत बैशाख २४,देखी ३ दिनसम्म धार्मिक अनुष्ठान गरि मन्दिरमा राखिएको मुर्तिहरुको प्राण प्रतिष्ठा गरि उद्घाटन गरिएको थियो । 
अहिले पनि दुबै मनिदरको  केही संरचना निमार्ण गर्न बाकी रहेकोले आगामी दिनहरुमा दुबै मन्दिरलाइ समान रुपमा बिकास गर्दै लगिने सुयोदय नगरपालिका वडा नं ६ का वडाध्यक्ष शिबकुमार बस्नेतले बताए । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता