
सल्यान । सल्यानका सामुदायिक वनमा लागेकाे आगो निभाउन गएका एक जनाको जलेर मृत्यु भएको छ । उक्त आगलागिमा परि दुई जना घाइते भएका छन् ।
छत्रेस्वरी गाउँपालिका ६ तुसारे सिमपानीको इन्द्रेनी सामुदायिक वनमा भएको आगलागिमा परि ६५ वर्षीया पेन्टी बोहराको जलेर मृत्यु भएको छ। आगो निभाउन जाँदा ४२ वर्षीय खगेन्द्र बोहरा र मायादेवी बोहरा घाइते भएका हुन् ।आगलागिबाट घाइते भएका दुवै जनालाई उपचारको लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।
वनमा लागेको आगोले बस्ती छुन थालपछि स्थनीयहरु आगो निभाउन गएका थिए । सामुदायिक वनमा बिहीबारदेखि डढेलो लागेको हो ।