इलाम, २८ बैसाखः गण्डकी प्रदेश र विमान ट्रेड भलिबल टिम विर्तामोड इलाममा जारी प्रथम इलाम आमन्त्रित पुरुष नकआउट भलिवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
इलामको ठुलो टुडिखेलमा संचालन भइरहेको प्रतियोगिताको शनिबार भएको पहिलो खेलमा गण्डकी प्रदेशले जिल्ला भलिबल संघ ताप्लेजुङलाई ३–१ को सेटमा पराजित गदै फाइनलको यात्रा पक्का गरेको हाम्रा ईलाम समाचारदाता सविता पाण्डेले जनाएकी छिन । शनिबार नै भएको दोस्रो खेलमा विमान ट्रेड भलिबल टिम विर्तामोडले ३–१ को सेटमा नवचेतना भलिबल क्लब इलामलाई पराजित गर्दै फाइनलमा प्रबेश गरेको थियो । प्रतियोगिताको फाइनल खेल आइबार हुने छ ।
प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ५१ हजार र दोस्रो पुरस्कार ८१ हजार रहेको छ साथै ट्रफि, मेडल र प्रमाण पत्र रहेको छ ।