आज इलामको रोङमा सार्वजनिक बिदा


  •  गोबिन्द पौडेल 

रोङ ३० बैशाख:   भाषाशास्त्रि  महाननद सापकोटाको  १ सय २३ औ जन्मजयन्तिको अवसरमा इलामको रोङ गाउपालिकाले आज बैशाख ३० गते सार्वजनिक बिदा दिने भएको छ ।
 रोङ गाउपालिकाको कार्यपालिकाको बैठकले सापकोटाको जन्मभूमी रोङ गाउपालिकामा बिदाको घोषण गरेको हो । रोङ गाउपालिका वडा नं ५ इरौटारको देवनछापमा बि सं १९५३ बैशाख ३० गते जन्मिएका सापकोटाले नेपाली भाषाको बिकासमा पुर्याएको योगदानलाइ उच्च कदर गदै भाषशास्त्रीको उपाधी दिइएको हो ।  सापकोटाको स्मृतिमा  बि सं २०५३ सालमा महानन्द स्मृति प्रतिष्ठान गठन गरेर बिबिध कार्यक्रम गरिो गरेको थियो । यसैगरि यस बर्ष पनि महाननद समृति प्रतिष्ठानको आयोजना र रोङ गाउपालिकाको सहयोगमा बिबिध कार्यक्रम गरिने भएको छ । 

कार्यक्रम अनुसार महानन्द सापकोटाको बारेमा बरिष्ठ पत्रकार चन्द्र भण्डारीले कार्यपत्र प्रस्तुत गर्ने र सो कार्यपत्रमाथी प्राध्यापक तारानिधि पौडेलले टिपपणी गर्ने। कबिता बाचन,अन्तर बिद्यालय स्थलगत कबिता लेखन। सोरठी कला केन्द्रका दमदार प्रस्तुती  र रोङ गाउपालिकाले बितरण गर्ने जेहेन्दार छात्रबृत्ति बितरण कार्य रहेको महानन्द स्मृति प्रतिष्ठानका सोमनाथ पौडेलले बताए । प्रजातन्त्रिक  आन्दोलनमा समेत सकृय रहेका सापकोटाको इरौटारको देवनछापमा २०५४ सालमा सुालिक समेत निमार्ण गरिएको छ । रामचन्द्र सापकोटा र सरस्वती सापकोटाको सुपुत्र महानन्दको न्वारनको नाम यज्ञनिधि थियो । सापकोटाको निधन २०३५ साल असार १ मा भएको थियो ।


                         

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता