
इलाम, ४ जेठः इलाम नगरपालिकाको चुरेघाँटीमा रहेको धेछेन छ्योग ग्युर्लिङ्ग गुम्वामा भिन्न कार्यक्रमहरु भएका छन् । २५६३औँ वुद्ध जयन्तीको अवसरमा सो गुम्वामा विभिन्न कार्यक्रमहरु समापन भएका हुन ।
गुम्वामा भएको कार्यक्रममा र्याली, विभिन्न जातजातिका झाँकीहरु प्रदर्शन गर्नुको साथै गुरुहरुबाट पुजा आजा समेत गरिएको थियो ।
कार्यक्रमाम विभन्न जातजातिका नृत्यहरु समेत प्रदर्शन भएको स्थानीय कृष्ण तामाङले माईपोखरी न्युजलाई जानकारी गराए ।


