इलामको चुलाचुली गाउँपालिका वालज्योतिमा तीन दिने घुम्ती सेवा शिविर

इलाम, ४ जेष्ठः चुलाचुली गाउँपालिका ४ स्थित वाल ज्योती माध्यमिक विद्यालयमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अभीयान अन्तर्गत शिविर सञ्चालन भएकाे छ ।  जिल्ला प्रशासन कार्यालय ईलामको संयोजनमा ईलाम जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाको अध्यक्षता तथा १ नम्बर प्रदेश सभासद  धिरेन रमण शर्मा को प्रमुख आथित्यता, प्रदेश नं.१ का सभासद राम राना, जिल्ला समन्वय समिति ईलामका प्रमुख गणेश प्रसाद बराल, चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिप चन्द्र राई, उपाध्यक्ष निर्मला दाहाल, प्रहरी उपरीक्षक माधव प्रसाद श्रेष्ठ, शसस्त्र प्रहरी उपरीक्षक विदुर खड्का, अनुसन्धान अधिकृत तुलसी कटेल, वडाध्यक्ष तथा वडासदस्यहरु लगायत स्थानिय मानिसहरुको उपस्थितिमा कार्यत्रफम सञ्चालन भएकाे हाे ।
 ३ दिने एकिकृत घुम्ति सेवा शिविरमा जिल्ला प्रहरी कार्यालय ईलामका प्रमुख प्रहरी उपरीक्षक माधव प्रसाद श्रेष्ठबाट विपत पूर्व सम्झने कुरा, लागु औषध तथा न्युनतम्‍ आवश्यक शुरक्षा सतर्कताका विषयमा सहभगीहरुलाई प्रशिक्षण प्रदान एंव अन्तक्रिया गर्नु  भएको छ । सहभागीहरुलाई वाल वालिकाहरुको लागि आधारभुत शुरक्षा बुकलेट, विपत पुर्व सम्झने कुरा, जवरजस्ती करणी, महिला हिंसा, लागु औषध सम्बन्धीको ब्रोसर, प्रर्चा, पम्प्लेटहरु समेत वितरण गरीएको थियो । सो एकिकृत घुम्ती सेवा शिविर जेष्ठ ४ गते देखी ६ गते सम्म संचालन हुनेछ । जसमा नागरिक्ता वितरण, स्वास्थ परीक्षण, फोटो सहितको मतदाता नामवली संकलन, जनचेतना मुलक प्रशिक्षण लगायत सार्वजनिक सेवा सुविधा सहज रुपमा स्थानिय नागरीक माझ प्रवाह गरीनेछ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता