त्रिशुलीमा बस दुर्घटना अपडेटः इलामका विशाल गिरी सहित मृत्यु हुनेको संख्या ८ पुग्यो

धादिङ । धादिङको गजुरी गाउँपालिका ६ बन्छेटारस्थित त्रिशुली नदिमा आइतबार बिहान बस खस्दा मृत्यु हुनेको संख्या आठ पुगेको छ । शनिबार बेलुका झापाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको बस आज बिहान त्रिशुलीमा खसेको हो ।
ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख हेमराज घिमिरेका अनुसार पाँच जनाको घटनास्थलमा र तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो ।मृत्यु हुनेमा काठमाडौँको थानकोट घर भएका ५१ वर्षीय राजकुमार सुवेदी, काठमाडौँ चन्द्रागिरीका ३६ वर्षीया सीता थपलिया, इलामको कन्याम घर भएका २० वर्षीय बिशाल गिरी, धादिङको बेनिघाट रोराङ गाउँपालिकाका ४३ वर्षीय राजन आचार्य रहेका छन्। मृत्यु भएका अन्य चार जनाको भने सनाखत हुन सकेको छैन।
घाइते मध्ये १७ जनाको काठमाडौं ट्रमा सेन्टरमा पठाइएको प्रहरीले जनाएको छ । अन्यको स्थानीय गजुरी, आदमघाट, मलेखु लगायतका अस्पतालहरुमा उपचार भइरहेको छ।
झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस बिहान ६ बजे त्रिशुली नदीमा खसेको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता