इलामको पशुपतीनगर नाका सिल

इलाम, ५ जेठः भारतको दार्जिलिङमा आज हुने विधानसभा उपनिर्वाचनका कारण नेपाल–भारत पूर्वी सीमा नाका दुई दिनका लागि सिल गरिएको छ । सिमा बन्द भए पछि दुवै तर्फको आवात जावात ठप्प छ ।
तत्कालीन विधानसभा सदस्य अमरसिंह राईले राजीनामा दिएपछि आज हुन लागेको उपनिर्वाचनका कारण भोली विहान १२ बजेसम्मका लागि नाका सिल गरिएको हो । इलामको पशुपतीनगरसंगै झापाको काँकडभिट्टा–पानीट्यांकी नाका समेत बन्द गरिएको छ ।
खुला सिमा नाकाका कारण निर्वाचनमा हुन सक्ने अवान्छित गतिविधि नियन्त्रणका लागि आवातजावात बन्द गर्नु परेको जनाइएको पशुपतिनगरका इन्पेक्टर हेमराज ओलीले जानकारी दिनु भयो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता