डिफेन्डिङ च्याम्पियन मेचीनगरको जितसंगै सेमीफाइनल समिकरण पुरा

फिक्कल, १४ जेठः माई नगरपालिकालाई हराउँदै डिफेन्डिङ च्याम्पियन मेचीनगर नगरपालिका करफोकमा जारी दोश्रो सूर्योदय मेयरकपको सेमीफाइनल प्रवेश गरेकोछ । 
मेचीनगरले माईलाई ३–० गोल अन्तरले हराएको हो ।  ए डिभिजनका खेलाडीले भरिएको मेचीनगर सामु माई नगरपालिका निरिह बनेको थियो । पहिलो हाफमा मेचीनगरले ३–० गोल अन्तरको अग्रता बनाएको थियो ।
 मेचीनगरका दिवस उराउले खेलको ५ औ मिनेट, निशान लिम्बुले १८ औ मिनेट र खमिर गिल्सन कन्दङवाले खेलको २५ औ मिनेटमा गोल गरेका थिए । दोश्रो हाफमा माईले सम्हालिएको प्रर्दशन गरेपछि मेचीनगरले थप गोल गर्न सकेन । प्रतियोगिताको पहिलो सेमीफाइनलमा भोली देउमाई नगरपालिका र शिवसतासी नगरपालिका सामना गर्नेछन । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता