इलाममा आम्दामीको श्रोत बन्दै स्कुसः मुन्टादेखी जरै बिक्री

  •  गोबिन्द पौडेल 

रोङ जेठ १५ः बजारमा तरकारीको अभाव भएको समाचार आइरहदा रोङका किसानहरुको लागि भने इस्कुस खेती भरपर्दो आम्दामीको श्रोत बन्दै गएको छ ।
यतिबेला रोङका किसानहरु आफुले रोपेको स्कुसको मुन्टा बेचेर राम्रै आम्दामी गरिरहेका छन् । टिपेको सातामनै फेरि टिप्न मिल्ने स्कुसको मुन्दा सातामा एकसय पचास मुठासम्म टिप्ने गरेको रोङ ६ का किसान जीवन राइले बताए । उनी मात्रै हैन रोङ ६ कै किसान शहरमान राइले पनि उनकै हाराहारीमा उत्पादन गर्ने गरेका छन् । उनीहरुले एत्पादन गरेको मुन्टा झापाको बाहुण्डागी, काकडभिट्टा , भारतको नक्सालबाढी बागडुग्रा सम्म पुग्ने गरेको छ ।
 मुन्टा ,फल र जरा समेत बिक्ने भएपछि यसको खेतीमा किसानाहरुको आर्कषण बढेको हो । इलामको प्राय सबै भागमा हुने स्कुसको खेती इलामको समाल्बुङ्ग , कन्याम ,कोल्बुग ,जिर्मले लगायतको गाउहरुमा ब्यवसायिक रुपले खेती हुदै आएको छ । इलामे किसानहरुको प्रायसो घु¥यानमा तरकारीको लागी रोपीएको इस्कुस कुनै स्थानमा फल,कुनै स्थानमा तरुल र कुनै स्थानमा मुन्टा बेच्ने प्रयोजनको लागी किसानहरुले रोपेका पाइन्छ , तर आजकल  बजारमा मुन्टादेखी जरा (तरुल )कि बेच्ने प्रयोजनको लागी खेती गरेर राम्रो आम्दामी गदै आएका छन् । बहु बर्षे बालीमा पर्ने स्कुस चैत्रबाट मुन्टा टिपेर भदौसम्म मुन्टानै बेचीने, असोज कार्तिक र मंसिरमा दाना र माघ फागुन तिर तरुल निकालेर बेचीने कारण फाइदै फाइदा रहेको किसानहरु बताउछन् । मध्य सिजनमा इलामको रोङ ६ जिर्मले बाट हप्तामा एकहजार मुठा मुन्टा झापाको बिभिन्न बजार र भारतीय बजारमा लगीने गरेको छ । जती टिप्यो उतीनै फस्टाएर आउने स्कुसको मुन्टा हप्तामा दुइ पटक टिपीने र चार सय मुटा सम्म हुने गरेको रोङ छ का किसान बम बहादुर राइले बताए ।अहिले घरमै प्रति मुठा रु २०देखी२५रुपैया सम्ममा बिक्रि हुने गरेको मुन्टा रोङमा अत्याधिक उत्पादन हुने गरेको छ । 
 यता किसानहरुले भने अज्ञानताको कारण उत्पादक आफैले बजार पुर्याउने गरेका छन् । साबिक जिर्मले ४ का किसानहरुले सहकारीको माध्यामबाट बजार पुर्याउदा सहज भएको भएपनि सबै किसानहरुले यसको बारेमा थाहा नपाउदा गर्जो टारेपनि बचत गर्न नसक्ने अवस्था रहेको छ । यसकोलागि रोङ गाउपालिका वडा नं ६ले साना किसान शहकारी भित्राएर शहकारीको सिद्धान्तअनुसार कार्य गर्न किसानहरुमा जागरण गराउन प्रयत्नशिल रहेको वडाध्यक्ष सुवास तामाङ्गको भनाइ रहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता