३० लाख फिरौतीको माग गरि बालक अपहरण, एक हप्तापछि हत्या

पर्सा १५ जेठः  गत शुक्रबार अपहरणमा वीरगन्ज–३ का बालक करण साह तुराहाको शव बाराको कलैया–११ मा फेला परेको छ । बालकको अपहरणपछि हत्या भएको हो ।
हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका मध्ये २ जनालाई भाग्ने क्रममा कमरमुनि गोली हानेर पक्राउ गरिएको बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए ।
अपहरणकारीहरुले बालकसँग कुरा गराइ परिवारलाई ३० लाख फिरौती मागेका थिए । तर प्रदेश प्रहरी कार्यालय जनकपुर, बारा र पर्साका प्रहरीको संयुक्त टोलीले बालकको उद्धार गर्ने प्रयासरत अवस्थामा बालकको हत्या भएको छ ।
बालकको शव अहिले पोष्टमार्टमका लागि अस्पताल पठाउने काम भइरहेको छ । घाइते अपहरणकारी वीरगन्जमा रहेको नारायणी अस्पतालमा उपचारत छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता