भोजपुरमा आफ्नै आमाले गरिन तीन वर्षीय छोराको विभत्स हत्या

भोजपुर, १४ जेठः भोजपुरमा आफ्नै आमाले तीन वर्षीय छोराको हत्या गरेकी छिन् । भोजपुरको रामप्रसाद राई गाउँपालिकाको बासिखोरा घर भई भोजपुर नगरपालिका वडा नम्बर ९ पानीट्याङकी बस्ने सुर्य थापाकी २५ वर्षीय श्रीमती सम्झना थापाले आफ्नै तीन वर्षीय छोरा सम्बोधन थापाको खुकुरी प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ ।
थापाले बच्चालाई अचानोमा राखेर दुई टुक्रा बनाएको प्रहरीको भनाई छ । स्थानीयले हत्या गर्ने थापाको मानसिक सन्तुलन ठिक नभएको बताएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।पानीट्याङकीमा कोठा भाडामा बस्दै आएकी सम्झनाले आज विहान आफ्नै भिनाजु रमन राईको घरको माथिल्लो तल्लामा खुकुरी प्रहार गरी हत्या गरेकी हुन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता