इलामका शैलेश लिङदमको पोखरामा जीपको ठक्करबाट मृत्यु

पोखरा, १४ जेठः  पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा आज जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम माइजोगमाई गाउँपालिका–६ प्याङ बस्ने २६ वर्षीय शैलेश लिङदम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग२च ९६२२ नं को दूध बोक्ने जीप र विपरीत दिशाबाट आउँदै गरेको मे५प ९२९६ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा घाइते भएका लिङदम बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरिक्षक लीलाराज लामिछानेले जानकारी दिए । मृत्यु हुने लिङदम नेपाली सेना गौरीबक्स गुल्म पोखरामा कार्यरत रहेका प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता