
इलाम, २५ बैशाखः इलामको ठूलो टुडीखेलमा यहि बैशाख २६ गतेबाट हुने जिल्ला भलिबल संघको आयोजनमामा प्रथम इलाम आमन्त्रित नकआउट पुरुष भलिवल प्रतियोगिताको खेल तलिका सर्वजनिक भएको छ । ८ टीम सहभागिता गराईने प्रतियोगिता २६ गते शुरुभएएर २९ गते समाप्त हुने छ ।
प्रतियोगीता अन्तरगत २६ गते दुई खेल हुने छन् पहिलो खेल १ः३० बजे जिल्ला भलिवल संघ इलाम र जिल्ला भलिबल संघ ताप्लेजुङ्ग विच हुने छ भने दोस्रखेल ३ बजे नवचेतना भलिबल क्लब इलाम र झापा गाउँपालिका भलिबल टीम झपा विच हुने छ । २७ गते शुक्रबार पनि २ खेल हुने छन् पहिलो खेल दिउँसो १२ः३० बजे गण्डकी प्रदेश नेपाल र चन्दगढीभलिबल क्लब झापा विच हुने छ भने दोस्रो खेल ३ बजे विमान ट्रेडभलिबल टीम विर्तामोड र त्रिवेणी युवा क्लब पाँचथर विच हुने छ ।
२८ गते शनिबार दुई सेमिफाईलका खेल हुने छन् पहिलो सेमिफाईनल खेल १ः३० बजे र दोस्रो सेमिफाईनल खेल ३ बजे हुने छ भने बैशाख २९ गते आईतबार १ः३०बजे फाईनल खेल हुने छ ।
प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ५१ हजार र दोस्रो पुरस्कार ८१ हजार रहेको छ साथै ट्रफि, मेडल र प्रमाण पत्र रहेको छ ।
जिल्लाको समग्रह खेलकुदको विकासमा टेवा पु¥याउने उद्देश्यका साथ आयोजना गर्न लागिएको प्रतियोगितामा १४ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको छ साथै प्रतियोगितामा सहभागी टीमको खाने वस्ने व्यवस्था पनि आयोजकले नै गर्ने जानकारी आयोजक संस्थाका सचिव योगेन्द्र सुवेदीले जानकारी गराए ।