इलामको चुलाचुलीमा गोरु चोरेर काट्ने २ ब्यक्ति प्रहरीद्वारा पक्राउ

इलाम, १५ जेठः सोमबार रातीको समयमा  इलाम चुलाचुली गाउँपालिका  ३ बस्ने मनकुमारी राईले गोठमा बाँधेको अन्दाजी मुल्य २५,०००।– पर्ने वहर गोरु सोही स्थान  बस्ने कमलदास चौहान र रेमन लुङगेली समेत भएर चोरी गरी धनकुमार केरुङगको घरआगनमा लगेर काटेका छन भन्ने जानकारी प्राप्त भए पिछ  प्रहरी टोली उक्त स्थानमा खटिई गई निजहरुले काटेको गोरुको मासु समेत बरामद गरी निजहरुलाई पक्राउ गरीएको छ । 
पक्राउ पर्नेमा जिल्ला इलाम चुलाचुली गाउँपालिका  ३ बस्ने बर्ष ३८ को कमलदास चौहान र सोही स्थान बस्ने बर्ष ३३ को रेमन लुङगेली रहेका छन साथै धन कुमार राई हाल फरार रहेको हुदा निजको खोततलास भइ रहेको छ । पक्राउ परेका दुवैलाई  इलाम जिल्ला अदालत इलामबाट म्यादथप  गरी अनुशन्धान भई रहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता