इलामको साङ्रुम्बामा सुकराज नेम्वाङलाई छुरा प्रहार गरी छिमेकी विनोद फरार

इलाम, १५ जेठः इलाम नगरपालिका १२ साङरुम्वामा आज एक व्याक्तिलाई छुरा प्रहार भएको छ । साङ्रुम्वा नेम्बाङ गाउँका खौसिबुङ्गेको जेठो छोरा  सुकराज नेम्वाङलाई छिमेकी असारेको छोरा विनोद राईले छुरा प्रहार गरेर सख्त घाइते बनाएका छन् ।
बिरामीको उपचार वितामोडमा भईरहेका र अवस्था चिन्ता जनक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यता छुरा प्रहारगर्ने राई भने फरार रहेका छन् । प्रहरीले फरार राईको खोजीकार्य तिव्र परेको छ भने नाकाहरुमा पनि कडा सुरक्षा व्यवस्था गरेको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता