धार्मिक सांस्कृतिक तथा ऐतिहासीक स्थानको भ्रमण गर्दै मोटरसाईकल यात्रा

  • गगन घिमिरे

जोरकलश, १५ जेठः प्रदेश १  को धार्मिक सांस्कृतिक तथा ऐतिहासिक स्थानको भ्रमण गर्ने उद्देश्यका साथ आजबाट मोटरसाइकल यात्रा सुरु गरिएको छ। 
खोजमूलक युवा अभियान प्रदेश १ को आयोजनामा प्रदेश १ को धार्मिक सांस्कृतिक तथा ऐतिहासिक स्थानको भ्रमण गरि त्यस स्थानको स्थलगत रिपोर्टिङ गरि बुकलेट तथा वृत्तचित्रमा निर्माण गर्ने उदेश्य  रहेको आयोजक संस्थाको संयोजक सरोज पौडेलले जानकारी दिए ।
१२औं गणतन्त्र दिवसको अवसर पारी नेपालकै होचो स्थान झापाको केचनाबाट बुधबार सुरु भएको यात्राले प्रदेश १ को १४ वटै जिल्ला भ्रमण गरि पर्यटन बर्ष २०२० लाई प्रचार प्रसारका साथै सफल बनाउने यात्राका सहभागी  विज्ञानराज पौडेलले बताए।  विभिन्न पेशामा आबद्ध २६ जना युवा को सहभागी रहेको यात्राले मध्य पाहाडी लोक मार्गबाट  यात्रा गर्ने बताएको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता