इलाम, ४ जेठः पहाडी क्षेत्रको पर्यटन प्रवर्धनको लागि इलाममा साइक्लिङ गरिएको छ । इलामको हरकटेबाट शुरुभएको साईकल यात्रा इलाम बजार सम्म आएको थियो । झापा, इलाम र काठमाण्डौका युवाहरुले गरेको साईकल यात्राका संयोजन झापका योगेन्द्र थापाले गरेका थिए ।
इलाम बजारमा आए पछि साईकलयात्रीहरुले पत्रकारहरुसँग भेटघाट गरेका थिए । साईकल यात्रीहरुलाई मेची पहाडी क्षेत्र पर्यटन प्रवर्धन समिति र इलाम उद्योग वाणिज्य संघले खदा लगाएर स्वागत समेतगरेको थियो ।
इलामको पर्यटनका एउटा खुट्कीला थप्नुको साथै मानिको जीवनमा स्वास्थयको महत्वपूर्ण भूमिका हुने र साइक्लिङले स्वास्थ्य हुन मद्दत पु¥याउने भएकाले पनि साईकल यात्रा गरेको संयोजक थापाले वताए ।
इलामको हरियाली डाँडाहरुमा रमाउनको लागि पनि साईकल यात्रा एक महत्वपूर्ण हुन सक्ने भएकाले पनि इलाममा साइक्लिङगर्नेहरु आउने गरेका छन् ।

विकासका पूर्वाधार बनिनसकेका पहाडी क्षेत्रमा साइक्लिङको राम्रो सम्भावना भएकाले प्रचारका लागि साइकल यात्रामा निस्किएको धरानका अभिषेक माधेन लिम्वु वताउँछन् । ‘पहाडी क्षेत्रमा रहेका पर्यटकीय ठाउँमा पक्की सडक बनिसकेका छैनन्, त्यस्ता ठाउँमा साइकलबाट सजिलै पुग्न सकिन्छ भन्ने पनि यात्राको उद्देश्य हो,’ उनले वताए ।

अहिले नेपालका शहरी क्षेत्रमा भईरहको प्रदुषण कम गर्नको लागि पनि साईकल प्रयोगको महत्वपूर्ण भूमिका रहेको छ । नेपालमा इन्दनको आयत कम गर्नपनि यसको प्रयोग गर्नुपने यात्राका क्रममा सहभागिहरुले वताए । इलामको हर्कटेबाट शुरुभएको साईकल यात्रामा ८० जना भन्दा वढीको सहभागिता रहेको थियो । शनिबार इलामको वसाई पछि साईकल यात्रीहरु इलाम सदरमुकामबाट चिसापानीको बाटोबाट दानाबारीहुँदै झापाको विर्तामोड सम्म जाने कार्यक्रम रहेकोे छ । इलामको पर्यटन प्रवर्धनका लगि साइक्लिङ कोषेडुङ्ग हुन सक्ने छ ।