- उत्तम रिजाल

झापा। इलामको चुलाचुलीमा जारी प्रथम चुलाचुली महिला फुटबल प्रतियोगिताको उपाधि भिडन्त आज हुँदैछ । उपाधिका लागि झापाको सतासीधाम स्पोर्टिङ क्लब र मोरंगको उर्लाबारी नगरपालिका प्रतिस्पर्धा गर्दै छन् ।
सातासीधामले झापाकै हल्दिबारी गाउँपाकिका लाई एक शुन्यले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो भने उर्लाबारीले माङसेबुङ गाउँपालिकालाइ पाँच शुन्यको विशाल अन्तरमा पराजित गर्दै फाइनल प्रबेश गरेको थियो । चुलाचुली महिला फुट्बल क्लबको आयोजनामा जारी प्रतियोगितामा आयोजकसँगै आठ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले नगद २५ हजारसँगै ट्रफी हात पार्नेछ भने उप विजेताले नगद १५ हजार प्राप्त गर्नेछ । खेल दिउँसो ३ बजेबाट शुरु हुने खेल संयोजक अमृत राईले जानकारी दिनु भयो ।