- दिनेश महत

फिक्कल, ३ जेठः श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले साउन १ देखि योगदानमा आधारीत सामाजिक सुरक्षा योजना लागु गर्ने तयारी गरेको बताएका छन् । उनले श्रमिक वृद्ध हुदा दुख पाउनु पर्ने अवस्था अब रहनु नहुने बताए ।चिया मजदुर र श्रमिक विच सहमती भएको एकदिन बितेपछि इलाम आइपुगेको मन्त्री विष्टले चिया श्रमिकको धन्यवाद थापेर सेल्फी खिचेर फर्केका छन् ।
शुक्रबार कन्याम चिया वगानका मजदुरलाई भेट्न सरकारको स्वामित्व रहेको सबैभन्दा ठुलो कन्याम चिया वगानमा पुगेका उनले आफै समस्या समाधान गरेकोमा व्यवस्थापन र मजदुरलाई धन्यवाद दिएका थिए । नेपाल चिया बगान श्रमिक संघ इलामकी उपाध्यक्ष नर्वदा निरौलाले कन्याममा सहमती भएपनि इलामको वगानको विषयमा व्यबस्थापनले “सोच्ने समय” मागे पनि त्यहाँको समस्या पनि समाधान भएको बताए । सरकारले लागु गरेको श्रम ऐन अनुसार तोकेको सेवा सुविधा मागगर्दै चिया मजदुरहरु चैत्र १७ देखि आन्दोलनमा उत्रिएका थिए । मन्त्री विष्टसंग अखिल नेपाल ट्रेडयुनियन महासंघका इलाम उपाध्यक्ष विष्णु भट्टराईले अधिकार माग्दा व्यवस्थापनले धाकधम्की र सरुवा समेत गर्ने गरेको गुनासो गरे । उनले भने “ अधिकार माग्दा प्रतिसोतको भावना लिएर दुख दिइएयो ।
कन्याममा चिया मजदुर संगठनका पदाधीकारी र व्यवस्थापन पक्षका सुवास संघाई विच कन्याममा भएको तीन घण्टा लामो वार्ता पछि व्यवस्थापन पक्षले अरु वगानमा भएको सहमती नै कार्यान्वायन गर्न सहमती जनाएको नेपाल चिया मजदुर श्रमिक संघका केन्द्रिय अध्यक्ष दिपक तामाङले जानकारी दिए । वार्तामा संघाईते तत्काल सूचना प्रकाशन गरेर मजदुरलाई काममा फर्कने वातावरण निर्माण गर्ने आश्वासन दिएको बताइएको छ । मन्त्री विष्टले चिया खेतीलार्ई देशभरी विस्तार गर्ने र चियाको अन्तराष्टिय बजार खोज्न सरकार योजना समेत सुनाएका छन् । उनले मलखाद अभावको समस्या, अक्सन सेन्टर स्थापना, चियाको अनुसन्धान लगायतका कार्यक्रम अघि सार्ने बताए ।उनले चियाका समस्या समाधान गर्न गठित उच्च स्तरीय आयोगको सिफारीसलाई यहि बजेटबाट सम्बोधन गर्ने बताए । उनले सरकार, राजगार दाता र सहमती कै आधारमा ऐन बनेकाले आवश्यक प्रकृया पुरा गर्दा पनि कायान्वायन नगरे ऐनको व्यवस्थाको आधारमा वेतनको व्यवस्था गर्ने बताए ।
चिया विकास निगम अन्तरगतको इलाम र झापामा रहेका सातवटा वगानको व्यवस्थापक संघाइ समुहले भने निक्कै अटेर गरेको थियो । निगम अन्तरगतको वगानमा मात्र ३ हजार ५ सय भन्दा बढि मजदुर रहेका छन् । कायक्रममा प्रदेश साँसद एंब नेकपा केन्द्रिय सदस्य धिरेन्द्र शर्मा रमण , प्रदेश सांसद राम राना, काजीमान कागते,नगरउपप्रमुख दुगा भटराई ,वडा अध्यक्षहरुको समेत सहभागीता रहेको थियो । रेडियो वुद्धवाणीबाट साभार गरिएको