- गोबिन्द पौडेल

२०३५ सालबाट निमार्ण थालिएको हरकटे जिर्मले सलकपूर निन्दा काकडभिट्टा सडकमा सूर्योदयन नगरपालिका ६ तारगाउँमा सांसद विकास कोषको १५ लाख र जनसहभागिता ३ लाख गरि १८ लाखको लागतमा हरकटेको भालुगैराबाट तारगाउँको गोलाइसम्म संचालित सडकलाइ ७ मिटर चौडाइ र कच्चि नाली सहितको बनाउन थालिएको सूर्योदय ६ का वडाध्यक्ष शिबकुमार बस्नेतले बताए ।
केही बर्ष अधिनै सडक बिस्तारको लागि सूर्योदय खण्डमा रोङ गाउपालिकाको सिमाना रातमाटे सम्म ५ दशमलव ८ किलोमिटरबाटो डि. पि आर समेत गरिएकोले यसबर्ष ३ हजार ६ सय मिटर सडकको बिस्तार गरिएको हो । सडक बिस्तारको क्रममा अति जोखिम र संबेदन शिल मानिएको गोलाइमा नया ट्रयाक खेलिएको छ । नया ट्रयाक खोलिदा जोखिम र संबेदन शिल क्षेत्र परिवर्तन हुदै टोल समेटिएर साबिक भन्दा १ सय १२ मिटर छोटो र सजिलो सडक बनेको तारगाउँका कृष्ण पौडेलले बताए । न्युन क्षतिमा फराकिलो बाटो बनेकोले जनजिवन सहज हुने स्थानीय बासीहरुले अपेक्षा गरेका छन् तर बर्षादको समय शुरु भइसकेकोले सडकमा नाली र ठाउँठाउँमा ग्राभेल बिछ्याउन सके बाटो सजिलो र प्रभावकारी हुने रोङ ६ का युवराज आर्चयको भनाइ रहेको छ ।