
इलाम, ३ जेठः पर्यटकिय स्थल भालुढुङ्गामा बुद्धको मुर्ती बनाउन शुरूवात गरिएको छ। विगत केही समयबाट इलामको पर्यटन प्रवर्द्धनमा सकृयरुपमा लागि परेको भालुढुङ्गा सामुदायिक पर्यटन प्रवर्द्धन विकास सस्थाको पहलमा माइजोगमाइ ६ निवासी इलाम बजारमा शेर्पा साइबर एन्ड ट्रेनिङ्ग सेन्टरका सन्चालक युवा व्यवसायी लाप्साङ्ग शेर्पाले स्वर्गीय हजुरवुवा कर्मा छिरिङ्ग शेर्पाको पुन्य स्मृतिमा एकलाख पचास हजार बराबरको भगवान बुद्धको वेस ६ फिट र बुद्धको ७ फिट अग्लो मुर्ती सौजन्य गरेका छन।
पर्यटकिय स्थल भालुढुङ्गा अन्तर्गत सामुदायिक बन भित्र बनिन लागेको उत्त मुर्तीले इलामको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने मात्रै हैन बुद्ध नेपालमा जन्मेका हुन भन्ने सन्देस दिन एवम यो इलामलाइ आफ्नो ब्यवसायिक क्षेत्र बनाए वापत इलामलाइ पनि मैले केही गर्नु पर्छ भन्ने सामाजिक उत्तरदायित्व अनुसार आफुले सामाजिक एवम पर्यटनमा आफुले सकेको सहयोग गरेकोमा उनले माइपोखरी न्युजसँग खुशी व्यक्तगरे।