इलाममा लागु औषध सहित ६ जना तथा ११ जना सेवन कर्ता समेत पक्राउ( नामावली सहित)

इलाम, २२ बैशाखः इलाम जिल्लाको बिभिन्न स्थानामा लागु औषध सम्बन्धी गतिबिधीमा संलग्न रहेको भन्ने सुचनाको आधारमा ब्यापक रुपमा प्रहरी परिचालन गरी खोततलास गर्दा ६ जनालाई लागु औषध ब्राउण्ड सुगर सहित प्रकाउ गरीएको छ।
पक्राउ पर्नेमा पाँचथर जिल्ला फिदिम नगरपालिका ४ बस्ने बर्ष २२ को सुभाष लिम्बु, जिल्ला सप्तरी खडक नगरपालिका १ घर भई हाल इलाम जिल्ला सुर्योदय नगरपालिका १० बस्ने बर्ष २४ को दिपेन मल्लिक, इलाम जिल्ला संदकपुर गाँपालिका ५ बस्ने बर्ष २० को बिक्रम गुरुङ, इलाम नगरपालिका ७ बस्ने  बर्ष ३२ सृजन देवान, देउमाई नगरपालिका २ बस्ने बर्ष २४ को सुभाष लिम्बु र सुर्योदय नगरपालिका १० बस्ने बर्ष २० को बिशाल गुरुङ रहेका छन । निजहरुलाई  इलाम जिल्ला अदालत इलाम बाट म्याद थप समेत गरी आवश्यक अनुसन्धान भई रहेको छ ।
साथै सोही शिलशिलामा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलिले इलाम नगरपालिकाको बिभिन्न वडाहरुबाट वैशाख २१ गते ११ जना लागु औषध सेवन कर्तालाई नियन्त्रणमा लिई आवश्यक सोधपुछ एंव अनुशन्धान भई रहेको छ भने लागु औषध ओसार पसारमा संलग्न अन्य ब्यक्तिहरुको पहिचान समेत भई सकेकोले खोततलास कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएकोछ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता