सुस्तायो ‘फिदिम चक्रपथ’

पाँचथर, २१ बैशाखः पाँचथरको सदरमुकाम समेत रहेको फिदिम बजारलाई यातायात सञ्जालमा सहज पहुँच बिस्तार गर्ने योजनाका साथ सुरु भएको फिदिम चक्रपथ निर्माणको काम सुस्त भएको छ । निर्माण कार्य प्रारम्भ भएको दुई बर्षमा करिव २० किलोमिटर मात्रै काम भएको छ । ट्रयाक ओपन कार्यमै ढिलाइ हुनुलाई फिदिमबासीले आलोचनात्क रुपमा लिएका छन ।
कुल ४२ किलोमिटर भन्दा लामो सडकको निर्माणमा ढिलाइ भएको हो । चालु आर्थिक बर्षमा करिव २० किलोमिटर नयाँ ट्रयाक खोल्नु पर्ने अवस्था देखिएको छ । फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोद दाहालले भने– धेरै वडामा पुरानै ट्रयाक समाबेस हुने हुँदा केही सहज भएको छ ।
नगर चक्रपथको निर्माणमा फिदिम ४ को थापाटार हुँदै तमोरको कोशी सम्म जोड्ने बाटो खुल्न बाँकी छ । अहिले पनि वडाका बिभिन्न क्षेत्रमा काम भइराखेको छ । वडा नम्बर १४ को छथरे भिरमा ट्रयाक ओपन, १० स्थित सात घुम्ती भिर, पच्चीसे, नाँगिन नृतिया हुँदै खलंगटार सम्मको सडकको काम सकिएको फिदिम नगरपालिकाले जनाएको छ ।
यस्तै रिङरोड अन्र्तगत फिदिम १३ को सिंगारे, पंचमी, फेमेखोलाको शिरमा जाने सडकको ट्रयाक ओपन, पच्चीसे देखि बाबुङ्गा जोड्ने ट्रयाक ओपन, सिवाखोलामा कजवे निर्माण भइसकेको छ ।
राष्ट्रिय गौरवको आयोजना अन्र्तगत प्रदेश नम्बर १ को आर्थिक मामिला तथा योजनामन्त्रालयले विनियोजन गरेको पौवाभन्ज्याङ गुँरासे छथर भिर, जलपा हुँदै जेभाले जोड्ने सडकको ट्रयाक ओपनको टेन्डर आह्वान भइसकेको छ । १ करोड ३५ लाख रुपैया रकम विनियोजित उक्त सडकलाई तिन खण्डमा विभाजन गरेर टेन्डर आह्वान भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको महत्वको योजना मध्ये रिङरोड पनि एक हो ।
पछिल्लो पटक खुलेको टेण्डर संगै सडक बिस्तार कार्यले तिब्रता पाउने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको दिर्घकालिन लक्ष्य भए पनि त्यसको स्पस्ट खाका भने भन्न सकेको छैन । कुन सडकलाई रिङरोडका रुपमा बिकास गर्ने, कति दुरीमा रहने भन्नेबारेमा नगरपालिकासंग प्रस्ट धारणा छैन ।
चक्रपथका लागि लागत स्टमेट सम्म बन्न सकेको छैन । वडा तहमा बर्षेनी बन्ने सडकलाई नै केही समय पछि चक्रपथका रुपमा नरपालिकाले बिकास गर्ने तयारी गरेको बुझिएको छ । नक्साङकन सहितका कार्य नहुँदा सडक निर्माणको लागत समेत अनुमान गर्न समस्या छ । पछिल्लो पटक थपिएको ससर्त अनुदानको बजेट पनि आगामी बर्ष बन्ने चक्रपथको योजनामा पर्ने या होइन भन्नेबारेमा अन्योलता कायमै छ ।
आगामी आर्थिक बर्षमा फिदिम चक्रपथलाई प्राथमिकताका साथ काम हुने नगरले जानकारी दिएको छ । फिदिम टुडेबाट साभार गरिएको ,
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता