इलाम इउवासंघको निर्वाचनमा मनोनयन दर्ताबाटै उठ्यो पौने चारलाख, मतदातालाई चिया पनि छैन


इलाम, २८ बैशाखः इलाम उद्योग वाणिज्य संघको आठौँ जिल्ला अधिवेशनअन्तर्गतको भोली शनिबार हुने कार्यसमितिको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने उम्मेदवारबाट शुक्रबार तीन लाख ८२ हजार पाँच सय रुपैयाँ सङ्कलन भएको छ । यो रकम संघले तोकेको मनोनयन दर्ता शुल्क बापतको हो । निर्वाचन कार्यक्रमका लागि मनोनयन दर्ताबाटै यतिधेरै रकम सङ्कलन भएपनि मतदान गर्न गाउँगाउँबाट आउने ब्यवसायी सदस्यहरुलाई भने संघले चिया खुवाउनेसम्मको पनि ब्यवस्था नगरेको बुझिएको छ । यसले सदस्यताबापत, बर्षेनी नविकरणबापत शुल्क बुझाएका सदस्यप्रति संघ जवाफदेही नभएको पाइएको छ ।
संघले आपूmले बनाएको नियमअनुसार अध्यक्षको ३० हजार, अन्य पदाधिकारीको १५ हजार र सदस्यहरुको सात हजार पाँचसय रुपैयाँका दरले मनोनयन शुल्क उठाउने ब्यवस्था छ । शुक्रबार अध्यक्षमा दुई, वरिष्ट उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, उद्योग उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष पदमा दुई÷दुई जना र सदस्यमा १५ जनाले उम्मेदवारी दिँदा झण्डै चार लाख रकम उठेको हो । संघले उक्त रकममध्ये केही रकम निर्वाचन समितिलाई उपलब्ध गराउने र बाँकी रहेको रकम संघकै खातामा राख्ने निर्णय गरेको सचिवालयले जनाएको छ । 
सदस्यता शुल्क र नविकरणबाहेक पनि विभिन्न सदस्य ब्यवसायीबाट चियासम्बन्धी, कर सम्बन्धी प्रमाणीकरण तथा सिफारिस लगायतका शिर्षकमा सेवा शुल्कबापत रकम उठाउँदै आएको छ । त्यो बाहेक अधिवेशनमै त्यत्रो रकम उठ्दै गर्दा पनि तीन वर्षे कार्यकालका लागि नेतृत्व चयन गर्न मतदानका लागि आउने सदस्यलाई एक कप चिया नखुवाई पठाउने संघको निर्णयले सदस्य ब्यवसायीलाई संघप्रति निरासा जगाएको छ ।
संघले यसअघि नै मतदाता सदस्यलाई आतेजाते खर्च, सदरमुकाममा खान बस्न तथा दिउँसो मतदान समयमा चिया खाजासमेत संस्थाको तर्पmबाट खर्च गरेर नखुवाउने निर्णय गरेको हो । स्रोतका अनुसार त्यस्तो खर्च उम्मेदवारबाटै गर्ने सहमति भएपछि संघले नगर्ने भएको हो । 
उम्मेदवार र संघको कार्यसमिति बीचमा संघबाट खर्च नगर्ने, सदस्यहरुलाई लाग्ने खर्च उम्मेदवारले नै ब्यवस्थापन गर्ने सहमति भएकोले मतदानका दिन त्यस्तो कुनै खर्च नहुने संघको सचिवालयले जनाएको छ । निर्वाचनमा निर्वाचन समितिले निर्वाचन कार्यक्रमको लागि गर्ने बाहेकको कुनै खर्च संघको कोषबाट नगरिने भएको हो । यसले गर्दा उम्मेदवारको खर्च बढ्ने र मतदाता संघप्रति जवाफदेही नहुने देखिएको हो । सन्दकपुरबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता