प्रथम इलाम आमन्त्रित भलिवल प्रतियोगिताः गण्डकी प्रदेश र झापा सेमिफाइनलमा

इलाम २७ बैशाखः इलाममा जारी इलाम आमन्त्रित पुरुष नक आउट भलिवल प्रतियोगिता २०७६ मा आज दुई खेलहरु भएका छन् । आजका खेलमा गण्डकी प्रदेश र विमान ट्रेडर्स विर्तामोड विजयी हुदै सेमिफाइनलमा प्रवेश गरेका हुन । 
आजको पहिलो खेलमा गण्डकी प्रदेशले चन्द्रगढी भलिवल क्लव झापालाई सोझो सेटमा पराजित गर्यो  ।  गण्डकीले १०/२५, १३/२५ र १०/२५ अंकले पराजित गरेको थियो  । खेलको म्यान अफ दी म्याच गण्डकी प्रदेशका हरि पाण्डे भए । 
यस्तै दोस्रो खेलमा विमान टे«डर्स विर्तामोडले त्रिवेणी युवा क्लव पाँचथरलाई पनि सोझो सेटमा पराजित गरेको छ । विर्तामोडले २५/१४,२५/१५ र २५/१८ अंकले पराजित गरेको हो । खेलको म्यान अफ दी म्याच आकाश घोष घोषित भए । शनिबार सेमिफाइनलका दुइ खेल संचालन हुने आयोजकले जनाएको छ । 
जिल्ला भलिवल संघको आयोजनामा भएको प्रतियोगितामा विजयी टीमलाई नगद एक लाख ५१ ह्जार र दोस्रो हुने टीमलाई ८१ ह्जार नगद सहित ट्रफी प्रदान गरिने छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता