प्रदेश नं.१ स्तरीय प्रथम पुरुष फुटबल प्रतियोगिता : धनकुटालाई पाखा लगाउदै इलामले उचाल्याे उपाधि

तेह्रथुम । प्रदेश नम्बर १ स्तरीय प्रथम पुरुष फुटबल प्रतियोगिताको उपाधि जिल्ला खेलकुद विकास समिति इलामले उचाल्न सफल भएको छ । जिल्ला खेलकुद विकास समिति धनकुटालाई शुक्रबार सम्पन्न फाइनल खेलमा १ का विरुद्ध २ गोलले पाखा लगाउदै इलामले उपाधि उचालेको हो ।
इलामले उपाधि भएसँगै नगद १ लाख ५० हजार ट्रफि तथा प्रमाण पत्र हात पारेको छ भने धनुकटाले उप विजेता हँुदै नगद ७५ हजार मा चित्त बुझाएको छ । इलामको जितका लागी खेलको ३२ औ्र मिनेटमा शिशिर लेखी र ५८ औ मिनेटमा पासाङ शेर्पाले गोल गरेका थिए । अत्यन्तै प्रतिस्पर्धात्मक खेलको ३२ औ मिनेटमा म्यान अफ दि म्याच लेखीले हेममणि मगरको हेडिङ पासमा हेडिङ मार्फत जाली चुमाउदै्र आफ्नो टिमको अग्रता कामय गरेका थिए । म्यान अफ दि म्याच हुदै उने ट्रफी तथा नगद २५ सय ११ हात पारे ।
७० मिनेट खेलाइएको प्रतियोगिताको पहिलो हाफ १ शुन्यमा सकिएको थियो । पासाङ शेर्पाले खेलको ५८ औ मिनेटमा सुसान्त कार्कीको क्रस पासमा हेडिङ फ्लिक गर्दै निर्णायक गोल गरे । सुरुवाती राम्रो खेल प्रदर्शन गरेको धनकुटाले भने फिनिसिङमा चुक्दा उपविेतामा मै चित्त बुझाउन बाध्य भयो । धनुकटाको लागी एक मात्र सान्तोना गोल खेलको ७० औ मिनेटमा गोल गरेका थिए ।
सामाजिक विकास मन्त्राल प्रदेश नम्बर १ ले पहिलो पटक तेह्रथुमको लागिगुरास नगगरपालिका स्थित वसन्तपुर खेल मैदानमा पहिलो पटक आयोजना गरेका प्रतियोगिता विजेता टिमलाई प्रदेश नम्बर १ का सभामुख प्रदिप कुमार भण्डारीले नगद, प्रमाण पत्र, मेडल र ट्रफी प्रदान गरेका थिए भने उवविजेता टिमलाई प्रदेश संसद लक्ष्मण तिवारीले नगद प्रभमाण पत्र वितरण गरेका थिए । बैशाख २१ गते वाट सुरु भएको प्रतियोगितामा प्रदेश नम्बर १ का १४ वटै जिल्लाको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता