
भापा, २७ बैशाखः नेपाली कांग्रेस झापा क्षेत्र नम्वर –१ झापा–काठमाडौँ सम्पर्क समिति मूल्यमान्यताको पार्टी राजनीतिलाई संस्थागत गर्न जुटेको छ । समितिले कांग्रेस चिन्तक प्रदीप गिरी तथा पार्टी प्रवक्ता विश्वप्रकाश शर्मालाई साथमा लिएर कार्यक्रम गर्ने योजना बनाइएको छ । कार्यक्रम यहि शनिवार काठमाडौंमा तय गरेको समितिका अध्यक्ष प्रज्जवल कोइरालाले जानकारी दिए । कार्यक्रममा सामाजिक मूल्यमान्यता र संस्कारमा आधारित पार्टी राजनीतिलाई कसरी स्थापित गर्न सकिन्छ भन्ने विषयमा वक्ताहरुले धारणा राख्ने समितिका सचिव पदम निरौलाले जानकारी दिए ।
पार्टीको जारी जागरण अभियानसँगै भएको यस्ता विमर्श कार्यक्रमले यूवामा लोकतान्त्रीक मूल्यमान्यता स्थापित गर्न र राजनीतिमा युवा सहभागिता बढाउन फलदायी हुने सचिव निरौला बताउँछन् । समितिको कार्यक्रममा जनजागरण अभियानलाई पनि व्यानरमा राखिएको निरौलाले बताए ।
अभियान पूर्वबाट सुरु गरिएको र कार्यक्रममा समाज निर्माणका नवीन आयामह माथि बीचार बिमर्श गरिने अध्यक्ष कोइरालाले बताए । झापा जिल्लमा जन्मिएर बिभिन्न पेशा व्यवसायमा रही मुलुकलाई महत्वपूर्ण योगदान गर्ने अग्रजलाई सम्मानसमेत गरिने भएको छ । कार्यक्रममा गिरी र शर्मा मुख्य वक्ताको रुपमा रहेका छन् । यस्तै नेता ज्ञानेन्द्रबहादुर कार्की लगायत अन्य नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
मूल्य, संस्कार, आचारण सहितको राजनीतिले मात्र कांग्रेस कार्यकर्तामा जागरण ल्याउने मान्यताका आयोजकको छ । उक्त मान्यता स्थापित गर्न विगतका वर्षदेखि नै जुटेको आयोकले जनाएको छ । कार्यक्रम वैशाख २८ गते शनिवार ल क्याम्पसमा हुने छ ।