इलाम आमन्त्रित पुरुष नकआउट भलिवल प्रतियोगिताको उद्घाटन खेलमा ताप्लेजुङको टोली विजयी

इलाम । इलाममा  बिहीवारदेखि सञ्चालित इलाम आमन्त्रित पुरुष नकआउट भलिवल प्रतियोगिताको उद्घाटन खेलमा ताप्लेजुङको टोली विजयी भएको छ ।
इलामको ठुलो टुडिखेलमा बिहिबार भएको उद्घाटन खेलमा आयोजक जिल्ला भलिवल संघ इलामलाई ३ सोझो सेटमा पराजित गर्दै ताप्लेजुङको टोली सेमिफाईनलमा प्रवेश छ ।
बिहिबार नै भएको दोस्रो खेलमा नव चेतना भलिवल क्लवले झापा गाउँपालिका भलिवल टिमलाई पनि ३ सोझो सेट मै पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको थियो । 
शुक्रबार पनि २ खेल हुने छन् पहिलो खेल दिउँसो १२ः३० बजे गण्डकी प्रदेश नेपाल र चन्दगढीभलिबल क्लब झापा विच हुने छ भने दोस्रो खेल ३ बजे विमान ट्रेडभलिबल टीम विर्तामोड र त्रिवेणी युवा क्लब पाँचथर विच हुने छ ।प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ५१ हजार र दोस्रो पुरस्कार ८१ हजार रहेको छ साथै ट्रफि, मेडल र प्रमाण पत्र रहेको छ । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता