- विनय तिम्सीना
इलाम, २६ बैशाखः इलामको जस्विरेमा एक अनौठो दृष्य देखियो जहाँ एक कार्यक्रममा भेला भएका सवैको आँखा रसाएका थिए । जहाँ ९१ वर्षिय भैरव रिसाल एउटा मञ्चमा आफ्नो परिवारसँग वसेका थिए । उनलाई सम्मान गर्न जस्विरेका गाउँले भेला भएका थिए सवैको आँखा रसाएका थिए । सम्मान कार्यक्रम शुरु भयो कार्यक्रममा उनलाई सम्मान पत्र दिएर सम्मान गर्दै ९१ वर्षिय पाका बृद्धलाई ‘युवा पुरुष’ घोषणा गरियो । जीवनको उत्तार्दमा पनि आजकालका युवाहरु भन्दा सक्रिय रहेका रिसाललाई युवा पुरुष घोषणा गरिएको हो युवा त्यो हो जसको जीवनमा सक्रियता छ भन्दै उनलाई ‘युवा पुरुष’ घोषणा गरिएको हो ।
हेर्नुहोस् भिडियो
वि.स. २९८५ मा साउन २९ गते जन्म भएका रिसल २०१३ सालमा पत्रकारिता पेशामा प्रवेश गरेका थिए । २०२० सालमा राससको प्रमुख सम्वधदाता भएका रिसलले राससको जागिर छोडेर आई.डी.एस. नामक संस्थामा काम गर्न थालेपछि इलामको जस्विरेमा आलु विउ विकास कार्यक्रम अन्तरगत २०४२ सालमा इलाम आउने अवसर पाएका थिए ।
उनी इलामको जस्विरेमा आलुखान आएको बताउँदै इलामको माया पनि लिन आएको हुँ भनेर मज्जाले हाँसे । जस्विरेवासीको असिम मायाँ देख्दा त उनका आँखा नै रसाए । जस्विरे गाउँको विकासमा मार्ग दर्शकको रुपमा लिईने रिसालले इलाम वस्दा धेरै समाज सुधारक कार्यगरेको स्थानीयले स्मरण गरे ।
इलामको आलु सारै मनपराउने उनलाई गाईको घ्यु पनि उतिकै मन पर्छ । जस्विरेमा चिया खेती, आलुखेती गर्न र दुग्ध डेरी सञ्चालन गर्न प्रोत्सन गरेका थिए ।
कार्यक्रममा सवैले पुष्प गुच्चा दिएर सम्मान गरे उनले पनि सात जनालाई नेपाली टोपी मायाँको चिनो दिएर मायाँ साटे ।