सडककाे विषयलाइ लिएर बौद्धमा प्रहरी र स्थानीयबीच झडप

२६ वैशाख, काठमाडौं । चाबहिल-बौद्ध-जोरपाटी सडकखण्डमा सडक पिचको माग गर्दै स्थानीयले आन्दोलन गरेका छन् ।
सरकारले चार वर्षअघिदेखि शुरु गरेको सडक मर्मतको काम अलपत्र छाडेको बताउँदै स्थानीयहरुले बिहीबार प्रदर्शन गरेका हुन् ।प्रदर्शनका क्रममा स्थानीय र प्रहरीबीच घम्सा  घम्सी हुँदा झडपको स्थिती उत्पन्न भएकाे हाे।
विरोध जनाउँदै ब्यवसायीहरुले सडक बन्द गरेपछि स्थानीयमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियाे। प्रहरीले अश्रुग्यास हानेपछि प्रतिकारमा स्थानीयले ढुंगा तथा इ‌ँटा प्रहार गर्दा झडप भएको हो ।
यसअघि स्थानीयहरुले सरकारको विरोधमा बिहान शंख बजाएर सडक अबरूद्ध पारेका थिए 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता