तपाई दाँत माञ्जन कोलगेट टुथपेस्टको प्रयोग गर्नुहुन्छ , होसियार हुनुहोस , कोलगेटमा क्यान्सर गराउने रसायन भेटियो ,

काठमाडौं, २६ वैशाख । तपाईंले आफ्नो दाँत नियमित माज्नका लागि कुन टुथपेस्टको प्रयोग गर्नुहुन्छ ।  त्यसमा कस्ता खालका रासायनहरुको प्रयोग भएका छन्  त्यसले स्वास्थ्यमा कस्तो खालको असर पार्छ भनेर कहिले सोच्नुभएको छ। यदि छैन भने अब सचेत हुनुस् ।
विभिन्न सञ्चार माध्यममा विश्वकै नम्बर वान भनेर विज्ञापन हुदै आएको कोलगेट टुथपेस्टमा तपाईंको शरीरमा क्यान्सरको कोषिका विकास गर्ने तत्व पाइएको छ ।
कोलगेट मञ्जनमा ‘त्रिक्लोसा’ नामक स्वास्थ्यलाई हानि पुर्याउने रसायन भेटिएको एक अनुसन्धानले देखाएको छ ।
त्रिक्लोसाको उच्च प्रयोगले क्यान्सरको कोष विकास गर्ने उक्त अध्ययनले दावी गरेको छ । यस्तै यो रसायनले शरीरको महत्वपूर्ण अङ्मा नोक्सानी गर्छ ।

स्वास्थ्यको लागि त्रिक्लोसा हानिकारक भएको सन् २००८ मै पुष्टि भएपछि कोलगेटले मानिसको स्वास्थ्यमा कुनै असर नगर्ने भन्दै प्रयोग गरिरहेको अध्ययनमा उल्लेख छ ।

त्रिक्लोसा प्रयोग क्यानाडामा प्रतिबन्ध लगाइ छ भने अन्य देशमा भने विक्रि वितरण भइ नै रहेको छ  ।एजेन्सी

प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता