हैजाका यस्ता छन् लक्ष्ण र बच्ने उपाय

बैशाख २६, काठमाडौ। सामान्यतया हैजा किटाणुयुक्त खाना वा पानीबाट मानिसमा सर्ने गरेको चिकित्सकहरु बताउँछन् ।  

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विशेषज्ञ डा. शेरबहादुर पुनले दूषित पानी, राम्रोसँग नपाकेको खाना र तरकारी, माछामासु, राम्रोसँग सफा नगरिएको फलफूलबाट समेत हैजाका जीवाणु सर्ने बताए ।

उनले भने “काठमाडौ उपत्यकामा नै एक पुरुषमा हैजाको जिवाणु भेटिएको हुदाँ अरुमा नि यसको जोखिम हुने हुदाँ खानेपानीको सरसफाईमा ध्यान दिनुपर्ने हुनछ ।”

चिकित्सकहरुका अनुसार हैजा भिब्रियो कलेरा ब्याक्टेरियाका कारणले हुने रोग हो । “हैजाको जिवाणु शरिरमा प्रवेश गरेपछि चौलानी पानी जस्तो दिसा आउँने , बान्ता हुने र मांसपेसी बाउँडिने लगायतका लक्ष्ण देखिने लक्षणहरू देखिने हुन्छ,” उनले भने “जुनसुकै पानी पनि राम्रोसँग उमालेर पिउँदा हैजाबाट बच्न सकिन्छ ।”

हैजा विशेष गरेर पानी पर्ने मौषममा देखिने गरेकोमा यो पटक केहि अगाडी नै देखिएको हुदाँ यस जोखिमबाट बच्न समयमा सर्तक रहन डा. पुनको सुझाव छ ।

त्यसैगरी, सरसफाईको अभावका कारण हैजा लागेको मानिसको दिसा मिसिएको प्रदुषित खाना वा पानीबाट मानिसमा हैजा सर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा.अनुप बास्तोलाले बताए ।

केहिदिन  यता अस्पतालमा दैनिक ३ देखि ५ जनासम्म झाडापखालाका बिरामी आउँने गरेको अस्पताल प्रसासनले जनाएको छ । विकासोन्मुख देशहरूमा प्रायःजसो पानीका कारणले यो रोग सर्ने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

हैजाका लक्ष्ण 
चौलानी पानी जस्तो दिसा हुने ।
बान्ता हुने ।
पेट दुख्ने ।
बाउँडिने समस्या आउँने ।
आँखा गढ्ने, छाला चिसो हुने, छालाको लचकतामा कमी आउने तथा हातगोडा चाउरी पर्ने आदि लक्ष्ण देखिन्छ ।
हैजाबाट बच्न
शुद्द, सफा र सुरक्षित पानी मात्र पिउने ।
जुनसुकै पानी पनि निर्म्लिकरण गरेर वा उमालेर मात्र पिउँने ।
सरसफाईमा ध्यान दिने ।
प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता