बालबालिकाको खोप कार्ड राख्नु होस, स्कुल भर्ना र विदेश जान चाहिन्छ


बैशाख २६, काठमाडौ । बालबालिकालाई खोप लगाउदाँ दिइने कार्डको पनि दीर्घकालीन महत्व छ भन्ने सबै अभिभावकले बुझ्नुपर्छ । उक्त कार्ड बालबालिका ठूला भएर काममा लाग्दासमेत आवश्यक पर्ने भएकोले जोगाएर राख्नुपर्छ ।

बालस्वास्थ्य कार्डले बच्चाले सबै खोप पाए नपाएको भन्ने कुरा यकिन गर्ने भएकाले यसलाई सुरक्षित राख्नुपर्छ । स्कुल भर्ना गर्दा खोप कार्ड आवश्यक पर्ने भएकोले यो कार्डलाई जनत गरी राख्नुपर्छ ।
बच्चा भविष्यमा विदेश जान चाहेमा पनि बाल स्वास्थ्य कार्ड आवश्यक पर्ने हुनाले सो कार्ड जतन गरी राख्नुपर्छ र, बाल स्वास्थ्य कार्डलाई सफा, सुक्खा ठाउँमा राख्नुपर्छ ।

प्रत्येक महिना सञ्चालन हुने नजिकको खोप केन्द्र वा स्वास्थ्य संस्थामा आफ्ना बालबालिकालाई लगी तालिकाअनुसार खोप लगाउनुपर्छ । बालबालिकालाई एकपटक खोप लगाइसकेपछि अर्को पटक लगाउन आउने मितिबारे स्वास्थ्यकर्मीसँग राम्ररी जानकारी लिनुपर्छ ।

खोप कार्ड सुरक्षित राख्नुपर्छ । प्रत्येक पटक खोप लगाउन जाँदा खोप कार्ड लिएर जानुपर्छ । कुनै बच्चालाई खोप लगाउन छुटेको छ भने खोप केन्द्र वा स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।

खोप कार्ड पछिसम्म काम लाग्ने भएकोले बालबालिकालाई सबै खोपको मात्रा पूरा गरिसकेपछि पनि खोप कार्ड जतन गरी राख्नुपर्छ । बच्चालाई हरेक पटक स्वास्थ्य संस्था वा खोप केन्द्रमा खोप लगाउन जाँदा बाल स्वास्थ्य कार्ड अनिर्वाय लिएर जानुपर्छ ।


यसलाई आगो, पानी घाम, ओस र किराबाट बचाउनुका साथै बच्चाको पहुँचबाट टाढा राख्नुपर्छ ।

प्रतिकृया दिनुहोस्

About sanjita

माइपोखरी न्यूज डटकम सम्बाददाता