प्रदेश एकको पर्यटन पूर्वाधारका लागि एक क्षेत्र ३ योजना प्रस्ताव : पर्यटनमन्त्री कुसियत

फिक्कल, ३ जेठः प्रदेश १ का पर्यटन,बन वातावरण तथा उद्योग मन्त्री जगदिश प्रसाद कुसियतले पर्यटकीय तथा धार्मिक क्षेत्रको बिकासमा प्रदेश सरकारले पूर्वाधार निर्माणमा जोड दिएको बताए । इलामको सूर्योदय नगरपालिका वडा नंं. ६ कन्याममा डि छयाप छेवाङ बौद्ध गुम्बको उद्घाटन गर्दै मन्त्री कुसीयतले प्रदेश १ का पर्यटकीय तथा धार्मिक क्षेत्र बढी रहेकाले तिनीहरुको बिकासका लागि प्रदेश सरकारले कुनै कसुर वाँकी नराख्ने बताए ।
मन्त्री कुसीयतले बिगतको बर्ष धार्मिक तथा पर्यटकीय क्षेत्रमा कम बजेट विनियोजन भएकाले क्षेत्रको बिकासमा ध्यान नपुगे पनि आगामी बजेटमा धार्मिक तथा पर्यटकीय क्षेत्रको बिकासमा थप ध्यान दिने बताए । मन्त्री कुसीयतले यस आर्थिक बर्षमा प्रदेश सरकारले २ सय करोड रुपैयाँको बजेट बिनियोजन गरेर काम गर्दा पनि अपुग भएकाले आगामी आर्थिक बर्षमा उक्त बजेट बढाएर लगिने बताए । उनले भने ‘ हामीले गुन्द्री र पीराबाट शुरु गरेको मन्त्रालयले धेरै काम गर्न सकेनौ, अपुग ठाउँमा माग अनुसारका काम गर्छौ ।’ उनले हाल पनि आफनो मन्त्रालयका काम गर्ने क्षेत्र धेरै भए पनि कर्मचारी अभावमा काम गर्न नसकेको बताए । उनका अनुसार प्रदेश १ को उद्योग र पर्यटन मन्त्रालयमा अहिले पनि कर्मचारी अभाव रहेको छ । ‘भएका कर्मचारी समायोजनले कता–कता पु¥यायो अहिले मन्त्रालयमा कर्मचारी नै छैनन काम कसरी गर्ने रु’ मन्त्री कुसीयतले भने
प्रदेश सरकारले इलामको सूर्योदय नगरपालिकालाई पर्यटकीय नगरी घोषणा गरीसकेकाले उक्त क्षेत्रको भौतिक पूर्वाधार, बिकास निर्माण लगायतका बिषयमा प्रदेश सरकारले ध्यान दिने बताए । मन्त्री कुसीयतले प्रदेश सरकारको आगामी बर्षको बजेटमा साना मसिना योजना छोडेर ठूला योजनामा केन्द्रित हुने बताए । उनले प्रदेश सरकार अन्र्तगतका ७ वटा मन्त्रालयबाट ३ वटाका दरले योजना हाल्दा एउटा जिल्लामा २१ वटा ठूला योजना संचालन गर्ने लक्ष्य रहेको जानकारी दिए ।
कार्यक्रममा नेकपा केन्द्रिय सदस्य तथा प्रदेश सांसद धिरेन्द्र शर्मा रमणले पर्यटकीय तथा धार्मिक क्षेत्रको बिकासका लागि स्थानीय समेत सक्रिय बन्नु पर्ने बताए । सांसद शर्माले स्थानीय पर्यटन ब्यवसायीले बिकास संगसगै यहाका सेवा समेत बेच्न सक्ने बताए । उनले भने ‘पर्यटन ब्यवसायीले ब्यवसाय सेवा गरे बापत मुनाफा कमाउनु प¥यो ।’
यस्तै अर्का प्रदेश सांसद काजीमान कागतेले धर्म नभएको ठाउँमा शान्ति र बिकास नहुँने बताए । उनले भने ‘जहा धर्ममा बिश्वास गरिन्छ, त्यहा शान्ति र बिकास फैलन्छ, त्यसैले बिकास गर्दा दिर्घकालीन लक्ष्य राखेर काम गर्नुहुन्छ ।’ कार्यक्रममा सूर्योदय नगरपालिकाकी उपप्रमुख दुर्गादेवी भट्टराईले कन्याम पर्यटकको हव भईसकेकाले कन्यामलाई रात्रिकालीन पर्यटकीय गन्तब्य घोषणा गर्न माग गरिन । कार्यक्रममा कन्याम र गुम्बाको बिकासका लागि पहल गर्न माग गर्दै मन्त्री कुसीयतलाई ज्ञापन पत्र समेत बुझाएका थिए ।
२५६३ औं बुद्ध जयन्तीका अवसरमा आयोजना गरिएको त्रिपीटक श्रवण ९बिश्व शान्ती पूजा० कार्यक्रममा बौध धर्म गुरु खिन रिम्पोछे गेसेङिमाले तीन दिन सम्म प्रर्वचन दिनेछन । उक्त गुम्बा निर्माणका लागि स्थानीय कर्मसिंह तामाङले निःशुल्क दिएको २ रोपनी जग्गामा १८ लाख बढी रकम बिभिन्न दाताबाट संकलन गरी उक्त गुम्बा निर्माण गरिएको छ ।
डि छयाप छेवाङ बौद्ध गुम्बाका अध्यक्ष सुरेन्द्र मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा सूर्योदय नगरपालिका ६ का अध्यक्ष शिवकुमार बस्नेत, समाजवादी पार्टीका इलाम अध्यक्ष कमल चाम्लिङ्ग, इलामका गुम्बाहरुको तर्फबाट लामा गुरु रबिन लामा र आदिवासी जनजाति महासंघ सूर्योदय नगरपालिकाका अध्यक्ष सोनाम योल्मु लगायतले गुम्बा निर्माणका लागि सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए । लोकल सन्देशबाट साभार गरिएको
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता