
इलाम, ३ जेष्ठः निकैनै मधुर स्वर भएका इलामका बाल गायक आयुष घिमिरेको नयाँ गीत बजारमा आएको छ ।आमा बोलको सो गीत निकैनै मार्मिक पनि रहेको छ । अर्जुन पाठकको शव्दमा रहेको गीतमा इलामकै संगितकार डेनी निरौलाले संगित भरेका छन् ।
कुमार थापाको एरेन्ज रहेको गितको म्युजीक भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका छन् भने पुजना प्रधार र गायक स्वयम् आयुषको अभिनय रहेको छ । नेपाली छोराहरुको सपना बोकेको आमा वोलको गित सम्पूर्ण दर्शक तथा श्रोताले मनपराई दिनुहुन्छ भन्ने लागेको बाल गायक आयुष घिमिरेले बताए ।
हेर्नुहोस् भिडियो