भारतीय संचारमाध्यमका अनुसार मानुषी र अक्षय भारतका ऐतिहासिक योद्धा पृथ्वी राज चौहानको वायोपिक सिनेमामा सँगै काम गर्न लागेका हुन्। सिनेमालाई यशराज फिल्मसले निर्माण गर्ने बताइएको छ।
सिनेमालाई चन्द्र प्रकाश द्विवेदीले निर्देशन गर्नेछन्। पछिल्लो समय एक फोटो सुटका कारण मानुषी चर्चामा आएकी थिइन। सिनेमामा उनले राजकुमारी संयूक्ताको भूमिका निर्वाह गर्ने बताइएको छ। हाल मानुषी यिनै सिनेमाको तयारीका लागि नृत्य तथा अभिनयको प्रशिक्षण लिइरहेकी छिन्।