ठूला अस्पतालदेखि स्वास्थ्य केन्द्र र प्राथमिक स्वास्थ्य चौकीहरुमा पनि खानेपानीको अभाव रहेको मन्त्रालयले जनाएको छ । खानेपानी अभावका कारण अस्पतालमा आउने बिरामी र कुरुवालाई समेत समस्या हुने गरेको छ ।
त्यसैगरी,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताले अस्पतालमा खानेपानीको व्यवस्था गर्न खानेपानी मन्त्रालय सँग छलफल भईरहेको जानकारी दिए । “अस्पतालमा खानेपानी अभाव समाधान गर्न खानेपानी मन्त्रालयसँग समन्वय भइरहेको छ,”उनले भने“भौगोलिक विकटताका कारण अस्पताल र स्वास्थ्यकेन्द्रमा खानेपानी पुर्याउन समस्या भइरहेको भन्दै चाँडै अस्पताल र स्वास्थ्य केन्द्रका समस्या समाधान हुनेछ ।”