दाइजोमा मोटरसाइकल नल्याएपछि श्रीमतीको हत्या : श्रीमान र ससुरा पक्राउ, सासु र नन्दहरु फरार

महोत्तरी । मोटरसाइकल दाइजो नल्याएको निहुँमा श्रीमती हत्या गरेको आरोपमा पिपरा गाउँपालिका–१ का २५ वर्षीय बलेश्वर यादवलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
२० वर्षीया विमलादेवी यादवको हत्यामा माइती पक्षले किटानी जाहेरी दिएपछि बलेश्वर र उनका बुबा ५५ वर्षीय शंकर यादव पक्राउ परेका हुन् । मंगलबार विमलाको शंकास्पद मृत्यु भएको थियो ।
विमलादेवी यादवका श्रीमान र परिवारले दाइजोका लागि हत्या गरेको माइती पक्षले आरोप लगाएका छन् । माइती पक्षले विमलाका श्रीमान, सासु, ससुरा र नन्दहरु मिलेर हत्या गरेको प्रहरीमा जाहेरी दिएका छन् । उक्त जाहेरी परेपछि विमलाका श्रीमान र ससुरा पक्राउका हुन् ।
सासु र नन्दहरु फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । विमलाका बुवा कमलेश यादवले तीन वर्ष पहिले छोरीको विहे गर्दा पाँच लाख नगद, सुनचाँदीलगायत सबै सामान दिए पनि ज्वाईले मोटरसाइकल माग गर्दै आएको बताए । ६ सन्तान भएकाले जेठी छोरीकै विवाहमा धेरै ऋण गर्न असमर्थ भएर मोटरसाइकल दिन नसकेको उनले बताए ।
विमलाका बुवा कमलेश यादवले तीन वर्ष पहिले छोरीको विहे गर्दा पाँच लाख नगद, सुनचाँदीलगायत सबै सामान दिए पनि ज्वाईले मोटरसाइकल माग गर्दै आएको बताए । ६ सन्तान भएकाले जेठी छोरीकै विवाहमा धेरै ऋण गर्न असमर्थ भएर मोटरसाइकल दिन नसकेको उनले बताए । ‘मोटरसाइकलका नदिएको भनेर कुटपिट गरेको छोरीले भन्दै आएकी थिइन,’ उनले भने, ‘ज्वाई र उनका ससुराले कुटपिट गरिहन्थे । त्यहि कारणले छोरीका हत्या गरेका हुन् ।’
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक विज्ञान बस्नेतले घटना शंकास्पद रहेको बताए । थप अनुसन्धान र पोष्टमार्टम रिपोर्ट आएपछि वास्तविकता खुल्ने उनले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता