विश्वकप क्रिकेटः इंग्ल्यान्डद्वारा दक्षिण अफ्रिका १०४ रनले पराजित

इलाम, १६ जेठः विश्वकप क्रिकेटका बिहीबार लण्डनको किनिङटोन ओभलमाभएको पहिलो खेलमा टस जीतेर वलिङ गरेको दक्षिण अफ्रिका इंग्ल्याण्डसँग १०४ रनले पराजित भएको छ । पहिले व्याटीङ गर्दै इंग्ल्यान्डले दक्षिण अफ्रिका सामु ८ विकेटाको क्षतिमा  ३१२ रन बनाएको थियो । । इंग्ल्यान्डले दएको ३१३ रनको लक्ष्य पछियाएको दक्षिण अफ्रिका २९.५ ओभरमा सवै विकेट गुमाउँदै २०७ रन मात्र बनाउँन सफल भयो । 
दक्षिण अफ्रिकाका जोफ्रा आर्चरले सर्वाधिक तीन विकेट लिए भने वेन स्टोक र लुन्गी इगिडीले समान २/२ विकेट निकाले अदालि रसिद र मोइन अलीले समान १/१ विकेट लिएका थिए ।
३१३ रनको विशाल लक्ष्य पछियाउन आएको दक्षिण अफ्रिकाको शुरुवात खासै राम्रो रहेन  खेलको शुरुमै जोफ्रा आर्चलको वाउन्सर अनुभवी व्याट्समेन हासिम अम्ला मा रिटायर आउटहुन पुगे । उनले पछि आएर मात्र १३ रन बनाउन सके अर्का ओपन डि कोकले ६८ रनको योगदान दिए । अम्ला रिटायर आउट भए पछि आएका ऐडन मारक्रमले पनि ११ रनमात्र बनाउन सफल भए । कप्तान फाफ् डु प्लेसिसले ५ रन, रसिइ भान डेर डुसेनले ५० रन,  जेपी डुमिनीले ८ रन, डवान प्रेटोरियस १ रन बाउँदै रन आउट भए । एन्डिल फेहलुकवाओले २४ रन,  कागिसो रबडा, ११ रन, लुन्गी नगिडी ६ रन बनाएका थिए । इमरान ताहिर शुन्य रनमा नटआउट  रहे । 
यस अघि पहिले व्याटिङ गर्दै इंग्ल्यान्डका अलराउण्डर व्याट्समेन वेन स्टोकले सर्वाधिक ७९ बलमा ८९  रन बनाए भने ओपन जेसन रोयले ५५ रन, आईपीयलको योसिजनमा राम्रो फर्ममा भएका जोनी बैरस्टो शुन्य रनमा आउट भए । जो रुटले ५१ रन बनाउँदा कप्तान इन मोर्गनले ५७ रनको योगदान दिए । जोस बटलर १८ रन, मोइन अलीले ३ रन, क्रिस वोकस १३ रन, लियाम प्लुंकेटले ९ रन र जोफ्रा आर्चरले ७ रन बनाएका थिए । 
दक्षिण अफ्रिकाका वलर लुन्गी इगिडीले सर्वाधिक ३ विकेट निकाले भने इमरान ताहिर र कागिसो रवडाले समान २÷२ विकेट निकोलेका छन्  ।  एन्डिल फेहलुकवाओले १ विकेट निकाले छन् । 
सर्वाधिक ८९ रन बनाएर  २ विकेट निकालेका इग्ल्याण्डका वेन स्टोक मेन अफ द म्याच भए । जीत सँगै इंग्ल्याण्डले अंश तलिकामा २ अंक जोडेको छ । 
यो विश्वकपमा पहिला खेलहरु लिगम्याच हुने र सवै टीमले सवै टीम सँग खेल्नु पने छ । प्वइन्ट डेवुलमा शिर्ष चार स्थानमा भएका टीमले सेमिफाईनल खेल खेल्ने छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता