पर्यटनको गतिलो गन्तब्य बन्दै इलामको पानीटार

  •  दिनेश महत, बिप्लब भटराई  

पानीटार, १९ बैशाखः इलाम जिल्लाकै महत्वपूर्ण पयटर्कीय गन्तब्य बनेको छ पानीटार । थुम्कै थुम्कामा फैलीएको देउमाई नगरपालिका–३ रहेको  चियाबगानले भरिएको पानीटार पर्यटक तान्ने गतिलो गन्तब्य बनेको हो ।  
इलामको पर्याय बनेको चियाले हाँसपोखरी,फिक्कल बजार , कन्याम,पशुपतिनगर , करफोक , अन्तु, इलाम बजार मात्र हैन पानीटारले पनि चियाकै आकर्षणले पर्यटक तान्न थालेको छ । रमणीय चियाबारीले जो कोहिको मन छुने गर्दछ । प्राकृतिक सौन्दर्यताले भरिएको पानीटार प्रसार प्रचारको अभावमा   पछि परेको छ । इलाम सदरमुकामबाट २५ किलोमिटर पश्चिममा अवस्थित पानीटार चियाबगान साढे चार सय रोपनीमा फैलिएको छ ।‘अझै पनि पानीटारको विषेशता बारे धेरैलाई थाहा छैन । 
नगरपालीकाले बाटो ,बिजुली ,खानेपानीलाई बिकास निमार्णको पहिलो प्राथमिकतामा राखेको छ । आर्थिक बर्षबाट पर्यटन पूबाधार बिकासमा बजेट बिनियोजन गरेर धार्मीक तथा पर्यटकीय बिकासमा लागी पर्ने देउमाई–३ का वडाध्यक्ष  एब नगर प्रबत्ता दावा तामाङले बताए । उनले थपे  ‘तर पनि आगन्तुक थपिदै गएका छन् ’। चियाबारीको रमणीयतासँगै दृश्यावलोकन, मन्दिर र खेलमैदानले पनि धेरैको रोजाइमा पानीटार पर्न थालेको हो । झट्ट हेर्दा कन्यामको झल्को दिने पानीटार थुम्का थुम्काले रमर्णीय क्षेत्र वनभोज स्थलका लागि पनि सम्भावना बोकेको स्थान हो । 
पर्यटक तान्ने सम्भावना बोकेको पानीटारलाई प्रचारमा ल्याउँदै पूर्वाधार विकासमा पनि स्थानीयले मेहनत गर्न थालेका छन् । देउमाई नगरपाालिकाको मंगलबारे बजारबाट ३ किलोमिटर टाढाको पानीटार आसपास होमस्टे व्यवस्थापनको पनि सुरुवात  भएको छ । 
पानीटारसहित त्यस क्षेत्रका धार्मिक र पर्यटकीय स्थलमा आउने आगन्तुकलाई लक्षित गर्दै मंगलबारेमा व्यवस्थित होटलसमेत खुल्न थालेका छन् । नगरपालीकाले होमेस्टेको अबधारण अगाडी सारेको छ । ‘सडकको अवस्था सुधार हुँदै गएकाले पनि यस क्षेत्रमा पर्यटक थपिँदै जानथालेका छन् । पानीटारका डाँडाकाँडाबाट जिल्लाका विभिन्न स्थानसँगै तराईका फाँटसमेत देख्न सकिन्छ । यस क्षेत्रमा छरिएर रहेका विभिन्न जातजातिको संस्कृतिले पनि यो क्षेत्र महत्त्वपूर्ण छ । 
जिल्लामा पर्यटन विकासको लहर चलेसँगै यहाँका बासिन्दा पनि पर्यटक तान्न कस्सिएका हुन। पानीटार आसपासका क्षेत्र पनि रमणीय प्राकृतिक सौन्दर्यले सजिएका छन् । दक्षिणतर्फ रहेका सिद्धिथुम्काडाँडा, अजम्बरेडाँडा, जितपुरको झ्याउपोखरी, खान्द्रुङ गुफा लगायतका पर्यटकीय क्षेत्र पनि प्रसिद्ध  छन् । यस क्षेत्रका सबै पर्यटन केन्द्रलाई एकीकृत रूपमा विकास गर्ने हो भने राम्रो गन्तव्य बन्न सक्ने उधोग बाषिज्य सँघ मङ्गलबारेका अध्यक्ष तारा थापाको भनाई  छ । 
पानीटार क्षेत्रमा खानेपानी र शौचालयको व्यवस्थालाई थप गर्नुपर्ने देखिएको छ । चियाबारीभित्र ठाउँठाउँमा बस्ने र रमाइलोका लागि गोलघरहरू निर्माण गरिएको छ । चियाबारी वरिपरी घुम्नको लागी र पर्यटकलाई सहज होस् भनेर साईक्लिङ्गको अवधारण नगरपालीकाको रहेको बडाध्यक्ष दावा तामाङ्गको भनाइ छ ।  सदरमुकामबाट नेपालटार हुँदै गाग्रेभञ्ज्याङबाट ओरालो झरेपछि पानीटार पुग्न सकिन्छ । 
झापाबाट सिद्धिथुम्का, सोयाक, जितपुर हुँदै मंगलबारे पुग्ने सडकले पनि पानीटारको चाम बढ्दै गएको छ । मेचीराजमार्गको लामो फेरोको विकल्पमा करिब ५६ किलोमिटरमा झापाको बिर्तामोडबाट सिधै पानीटार पुग्न सकिन्छ । यो सडक पक्की भए पानीटारसँगै यस क्षेत्रका समग्र पर्यटन स्थलमा पर्यटक बढ्नेमा स्थानीय आशावादी देखिन्छन् ।यस क्षेत्रलाई पर्यटन पूबाधार बिकास गर्न सके ईलामको मात्र हैन नेपालकै महत्वपूर्ण गन्तब्य नबन्ला भन्न सकिन्न । रेडियो बुद्धवाणीबाट साभार गरिएको 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता