राजधानीको सुकेधारा र घट्टेकुलोमा बिस्फोट, तीन जनाको मृत्यु

राजधानीको सुकेधारामा आइतबार दिउँसो सिलिण्डर बम पड्किँदा २ जना ज्यान गएको छ। प्रहरी स्रोतका अनुसार सुकेधाराको पुलछेउमा अन्दाजी साढे चार बजेतिर बिस्फोट हुँदा २ जनाको मृत्यु भएको हो भने घटनामा परी पाँच जना घाइते भएका छन्।
यसैबीच राजधानीकै घट्टेकुलोमा पनि आइतबार दिउँसो बिस्फोट भएको छ। प्रहरीले घट्टेकुलाका प्रज्वल शाहीको घरभित्र सिलिण्डर बिस्फोट भएको र १ जनाको मृत्यु भएको जनाएको छ। घरमा बिस्फोट हुँदा पाहुना आएका एक जनाको मृत्यु भएको र कोठा भाडामा बस्ने एक जना घाइते भएको जनाएको छ।सेतोपाटी
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता