सनराईज बैंक इलाम शाखाद्वारा तीन जना वचतकर्तालाई बीमा रकम हस्तान्तरण

इलाम, १२ जेठः इलाममा शाखा कार्यालय रहेको सनराईज बैंकले आफ्ना वचतकर्तालाई स्वास्थ्य विमा सुविधा अन्र्तगत स्वास्थ्य उपचार दावी रकम तीन जना वचतकर्तालाई  हस्तान्तरण गरेको छ ।  पुष्प नारायण श्रेष्ठलाई चार हजार सातसय पचास, आदित्य दाहाललाई १४ हजार ४ सय वाईस र निर्जला श्रेष्ठलाई २५ हजार अठहत्तर रुपयाँ सनराईज बैंक इलामका शाखा प्रवन्धक ज्ञानश्याम गुरुङले हस्तान्तरण गरेका थिए  । 
स्वास्थ्य विमा कार्यक्रम अन्र्तगत १ लाख सम्मको स्वास्थ्य विमा सुविधा साथै ५ लाख सम्मको दुर्घटना विमा सन्राईज बैंकले प्रदान गर्दै आएको छ । बैंकले आफ्ना वचतकर्ताहरुलाई स्वास्थ्य जस्तो अति सम्वेदनशिल कुरामा विमा गराएर ग्राहकहरुको आपतकालिन स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यले यो विमा सुविधा प्रदान गरेको हो ।  
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता